
बुटवल – रुपन्देही जिल्लाका विभिन्न गाउँपालिकाले कुनै पनि समुदायका छोरीका नाममा बैंकमा २० हजार रुपैयाँ २० वर्षका लागि राख्ने गरी कार्यविधि गाउँपालिकाहरुले बनाएका छन् । छोरी जन्मेदेखि नै बैंकमा रकम जनना हुने र छोरी २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झण्डै ३ लाख रुपैयाँ पुग्ने भएपछी स्थानीयहरु खुसी भएका छन् । सो कार्यका लागि १ करोड २१ लाख रुपैयाँ गाउँपरिषद्बाट विनियोजन भइसकेको छ ।
यसो त छोरीप्रतिको समुदायको धारणा र भावना परिवर्तन गर्नका लागि केही रचनात्मक काम गर्नुपर्ने भन्दै यस्तो व्यवस्था गरिएको हो । यद्यपी गाउँपालिकाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेर जाने वा आफै भाग्ने कुनै पनि छोरीका लागि भने उक्त रकम दिन नमिल्ने गरी कार्यविधि बनाइरहेको छ । बुटवलका केहि गाउँपालिकामा यो योजना आइसकेको छ भने केहि गाउँपालिकामा आउने तरखरमा छ ।
हाल यो योजना ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकामा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्