
कञ्चनपुर- मौन अवधिका समयमा मतदातालाई किन्ने क्रम बढीरहेका बेला मंगलबार राती बाम गठवन्धनका कार्यकर्ताले गाउँ गाउँ पसेर पैसा बाँडेका छन् भने त्यसको प्रतिकार गर्दा उल्टै तरुण दलका २ जना कार्यकर्तामाथि हमला गर्दै निर्घात कुटेका छन् । मतदातालाई पैसा बाँड्न गएका बाम गठबन्धनका कार्यकर्ताले मंगलबार राती आक्रमण गर्दा क्षेत्र नम्वर १ को बेलडाँडी गाउँपालिका ५ मा तरुण दलका सचिब सहित २ जना घाइते भएका हुन् । यस क्षेत्रमा प्रचण्डकी वुहारी विना मगर उमेद्वार छिन् ।
‘पहिला हामीले राम्रोसँग सम्झाएका थियौं । मौन अवधिका समयमा आचारसंहिता उल्लंघन नगर्न आग्रह गर्दा उल्टै हाम्रा साथीहरुमाथि आक्रमण भयो ।’ नेपाली काँग्रेस जिल्ला सदस्य जनकसिह धामीले भने । उनका अनुसार मंगलबार राती साँढे १० बजे तिर गरिएको आक्रमणमा तरुण दलका बेल्डाँडी गाउँपालिका सचिब सचिन कठायत र तरुल दलका सदस्य जयराज भट्ट घाइते भएका छन् । घाइते दुबै जनाको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको धामीले जानकारी दिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्