×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवमाथि मन्त्रीहरूले यसरी गरे आक्रमण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवमाथि मन्त्रीहरूले यसरी गरे आक्रमण

Artha Sarokar

१४ पुष २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरुले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ। 
सिंहदरबारमा बिहान १० बजे सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरु सचिवहरुले टेर्न छाडेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध खनिएपछि तनाव उत्पन्न भएको थियो।
बैठकको अधिकांश समय यसै विषयमा बित्यो । बैठकमा मन्त्री-मन्त्री र मन्त्री-मुख्यसचिवबीच आरोप प्रत्यारोप भएपछि प्रधामन्त्री देउवाले हस्तक्षेप गर्नुपरेको थियो ।
नयाँ प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार मुख्य सचिव रेग्मी र सचिवहरुले काम गरिरहेको तथा आफूहरूलाई नटेरेको आरोप मन्त्रीहरुले लगाएपछि बैठक असहज बनेको थियो ।  यो खबर नागरिक दैनिकबाट लिएका छौं । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी