- अर्थ सरोकार सम्बाददाता
अनिल शाह र सेञ्चुरी बैंकले गरेको करार ‘गैरकानुनी’ भएको पुष्टी भएपछी राष्ट्र बैंकले अनिल शाहले सेञ्चुरीसँग गरेको करार अनुसार तलव दिन नहुने धारणा घुमाउरो पारामा राखेपछि अनिल शाहको सेञ्चुरीको सीइओ बन्ने सपना तुहिएको हो ।
तर सो नियमको बर्खिलाप गर्दै मेगा बैंकबाट सेञ्चुरी छिरेका अनिल शाहले गैरकानुनी रुपमा तलव लिने सम्झौता गरेका छन् । उनले सेञ्चुरीमा राष्ट्र बैंकले जारी गरेको निर्देशनभन्दा बढी तलव खाने गरी सम्झौता गरेका छन् । अर्थ सरोकार डटकमले ‘क्यालकुलेसन’ सहित शाहको तलव गैरकानुनी भएको खबर ब्रेक गरेपछि राष्ट्र बैंकले यस विषयमा चासो देखाएको थियो ।
सेञ्चुरीसंगको करार भंग गरेर अन्य बैंकमा जाने उनको विकल्प हुन सक्छ भने तलव घटाएर सेञ्चुरी नै जाने अर्को विकल्प उनी अगाडी हुन सक्छ । यस्तो त संचालक समितिसंगको मिलेमतोमा अगाडी बढ्ने विकल्प पनि उनीसंग छ ।