×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोटका वडाध्यक्ष र उनका छोरामाथि स्थानीयवासीद्वारा कुटेपिट, अवस्था चिन्ताजनक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जाजरकोटका वडाध्यक्ष र उनका छोरामाथि स्थानीयवासीद्वारा कुटेपिट, अवस्था चिन्ताजनक

१६ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जाजरकोट – जाजरकोटका वडाध्यक्ष र उनका छोरामाथि स्थानीयवासी युवाहरुद्वारा कुटपिट भएको छ । सडक निर्माणको विषयमा विवाद हुँदा स्थानीयवासी युवाको कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरा महेन्द्र शाही घाइते भएका छन् ।

वडाध्यक्ष चन्द्रबहादुर शाहीले डिलबहादुर शाहीलाई सडक निर्माणका लागि जिम्मा दिएपछि उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख भावेश रिमालले जानकारी दिए ।

स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माण गर्ने जिम्मा डिलबहादुर शाहीलाई दिएपछि दीपेन्द्र शाहीलगायतका युवाले सो सडक आफूले निर्माण गर्न पाउनुपर्ने माग राखेर विवाद गरेका थिए ।

एक हप्तादेखि बढेको विवादले शनिबार वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरामाथि दीपेन्द्र शाहीको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

भेरी नगरपालिकाबाट २८ लाख रूपैयाँमा स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । घाइते वडाध्यक्षको उपचारका लागि अहिले नेपालगञ्ज ल्याइएको छ । उनको अवस्था अझै सामान्य बनेको छैन र आक्रमणकारी समूह फरार भएको प्रहरीले बताएको छ ।

वडाध्यक्ष शाहीको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी