×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिनिधिसभाको प्रत्यक्षको सबै मतपरिणाम सार्वजनिक, कुन दलले कति मत ?(सूचीसहित)

PRIME CA

प्रतिनिधिसभाको प्रत्यक्षको सबै मतपरिणाम सार्वजनिक, कुन दलले कति मत ?(सूचीसहित)

२७ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – देशभरका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएको छ । र साथै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको निर्वाचन आयोगले जनाएको छ ।

मतगणनाको अन्त्य संगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो स्थान हासिल गरेको छ र त्यसको साथै  समानुपातिकतर्फ पनि एमालेको अग्रता काय रहेको छ । यही कारणले गर्दा अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । 
माओवादीले एमालेको तुलनामा आधाभन्दा कम सिट जितेर दोस्रो दल बनेको छ । माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ । यस्तै नेपाली कांग्रेसले २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ ।
वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११७ सिट पुगेको छ, जुन दुई तिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ । हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थी गठबन्धनकै सांसद रहेको भनिसकेका छन् । यसो गर्दा वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११९ सिट पुगेको छ ।
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३८ सिट जितेको छ जसमा नयाँ शक्तिका डा. बाबुराम भट्टराई पनि पर्छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेस एक्लैले २३ सिट जितेको छ । त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । जसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको छ । 
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ५३ लाख ३९ हजार ८२३ मतगणना सम्पन्न भएको छ ।
जसअनुसार, नेकपा एमालेले १८ लाख ७२ हजार २९९ मत, नेपाली काग्रेसले १७ लाख ८४ हजार ५४७, नेकपा (माओवादी केन्द्र) ले ७ लाख २८ हजार ७८१, संघीय समाजवादी फोरम, नेपालले २ लाख ३० हजार ७५६, राष्ट्रिय जनता पार्टी, नेपालले १ लाख ७२ हजार ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २६ हजार ३२, विवेकशील साझा पार्टीले १ लाख १६ हजार २९०, नयाँ शक्ति पार्टी, नेपालले ५४ हजार ४०१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ४१ हजार ६५९ र राष्ट्रिय जनमोर्चाले ३४ हजार ४३६ र अन्य दलले १ लाख ७८ हजार २४५ मत प्राप्त गरेका छन् ।
कुन दलले कति मत


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: