×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक बर्ष अघि झुटको खेती गरेको ‘सुपर फ्लप’ बैंकिङ एक्स्पो पुन: हुँदै, जनता झुक्याउन आयोजकको यस्तो आइडीया !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक बर्ष अघि झुटको खेती गरेको ‘सुपर फ्लप’ बैंकिङ एक्स्पो पुन: हुँदै, जनता झुक्याउन आयोजकको यस्तो आइडीया !

४ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- गत बर्ष ‘बैंकिङ एक्स्पो’का नामामा बैंकरहरु ठगिएको र जनतालाई झुक्याउन झुटको खेती गरिएको खबर सेलाउन नपाउँदै पुन: दोश्रो बैंकिङ एक्स्पो आयोजना हुने भएको छ । गत बर्ष ६५००० ले एक्स्पो हेरेको र ३९०० ले खाता खोलेको झुटो विवरण सार्वजनिक गरेर जनताको आँखामा छारो हालेको उक्त एक्स्पोमा दुइ हजार हाराहारीले एक्स्पो हेर्दा झन्डै १०० हाराहारीमा खाता खोलिएको थियो । तर नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता अभियानको समेत रकम दुरुपयोग गर्दै आयोजकले विभिन्न बैंकहरुलाई नेपाल राष्ट्र बैंकको उच्च अधिकारीहरुको पाओर लगाएर एक्स्पोका नाममा स्टल शुल्क उठाएको थियो ।
‘फेरि प्रदर्शन हुँदै ‘सुपर-फ्लप’ शो’, सहभागी बढाउन आयोजकको यस्तो आइडिया !
बैंकरलाई ठगी गरेको, गलत बिज्ञप्ति निकालेर जनताको आँखामा छारो हालेको लगायतका कुरा उठेपछि चरम विवादमा मुछिएको सोहि एक्स्पो उही आयोजकले पुन: आयोजना गर्ने भएको छ । आयोजक कम्पनीले एक पत्रकार सम्मेलन गरी आगामी माघ १९ र २० गते काठमाण्डौको भृकुटीमण्डपमा दोश्रो बैकिङ एक्स्पो आयोजना हुने बताएको छ । यसअघि फ्लप भएको उक्त कार्यक्रले यसपाली पनि जनताको आँखामा छारो हाल्ने ‘प्लान’ बनाएको छ । गत एक्स्पोमा एक्स्पो हेर्नेहरु नै नभएपछि यसपाली आयोजकले विभिन्न कलेजका विद्यार्थीहरुलाई ल्याएर एक्स्पोमा धेरै ‘भिजिटर’ देखाउने प्लान बनाएको आयोजक स्रोतको दावी छ। यद्यपी अघिल्लो कार्यक्रममा नै ‘फ्लप’ कार्यक्रमको स्वाद पाएका बैंकहरुले यसपाली उक्त कार्यक्रमलाई ‘औपचारिक सहभागीता’का रुपमा लिंदैछन् ।
अवार्डमा कडाइ तर एक्स्पोमा गभर्नरकै मिलेमतो !
मिडिया इन्टरनेशनल नामक कम्पनीले आयोजना गर्न लागेको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नरकै सहयोगमा धितोपत्र बोर्ड, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघ, नेपाल क्लियरिङ हाउस, माइक्रोफाइनान्स बैंकर्स एशोसिएसन, युवा स्वरोजगार कोष लगायतले सहकार्य गरेका छन् । यसअघि नेपाल राष्ट्र बैंकले ‘जो पाए त्यहि’ले अवार्ड दिन थालेपछि ‘अवार्ड’मा कडाइ गरेको थियो । तर गभर्नरकै मिलेमतोमा प्राइभेट कम्पनीले झुट बोलेको प्रमाण हुँदा पनि उक्त कार्यक्रम दोश्रो पटक आयोजना हुन लागेको छ । यसअघि मोफसलमा पुस १४, १५ र १६ गते सुनसरीको इटहरीमा बैकिङ एक्स्पो आयोजना गर्दै आयोजकले ‘एक्स्पो व्यापार’ गरेको थियो । 
बैंकरहरुको ‘औपचारिक सहभागीता’ 
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नरका ‘चम्चा’ को आरोप लागेका बैंकरहरुले बढी मात्रामा सहयोग गरेका छन् भने अरु बैंकहरुले ‘औपचारिक सहभागीता’ जनाउने बुझिएको छ । यसअघिपनि अर्थ सरोकार डटकमले आयोजकले बोलेको झुट, बैंकिङ एक्स्पोको यथार्थबारे समाचारहरु प्रकाशित गरेको थियो । 

यसपाली पनि एक्स्पोका सबैदिन एक्स्पोका हरेक अपडेट अर्थ सरोकार डटकमले एक्स्पोबारे समाचार प्रकाशित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी