
- अर्थ सरोकार सम्बाददाता
अछाम- घुस भन्ने बित्तिकै झट्ट सबैको दिमागमा आउँछ पैसा । तर अछामका एक कार्यालय प्रमुखले दाल र मह घुस खाएको भन्दै कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । अछाम जिल्लाको चौरपार्टि गाउपालिकाका लाल बहादुर साउदले घरेलु तथा साना उद्योग विकास समिति अछामका कार्यालय प्रमुख घरेलु तथा साना उद्योग विकास समिति अछामका कार्यालय प्रमुख रामचन्द्र सुवेदिले दाल र मह घुस खाएको भन्दै कार्वाहिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
मंसिर २२ गते घरेलुु तथा साना उद्योग विकास समितिको प्रधान कार्यालय त्रिपुरेशवर काठ्माण्डौले अछाम जिल्लाका लागी उद्यम विकास सहजकर्ताको आवश्यकता वारे सुचना प्रकाशित गरेपछी आफुले पौष २ गते उद्यम विकास सहजकर्ताका लागी आफुले दरखास्त दिएको तर अन्तर्वार्ताका क्रममा शैक्षिक योग्यता नभएको बाहानामा आफुलाई अन्तर्वार्तामा रोकेको साउदको आरोप छ । उनका अनुसार पैसा खाँदा फसिन सक्ने भन्दै उनले दाल र मह घुस लगेका थिए ।
उक्त भ्याकेन्सीमा सीटिइभीटी वाट मान्यता प्राप्त ईडिएफ लेवल टुले दरखास्त दिन पाउने गरी सुचना पकाशित भएको भएपनि आफुलाई योग्यता नपुगको भन्दै अन्तर्वार्तामा रोकेको भन्दै उनले कार्यालय प्रमुखका विरुद्ध उजुरी दर्ता गराएका हुन् ।
कार्यालय प्रमुख सुवेदिले उद्यम विकास सहजकर्ताका जागीर मिलाई दिने भन्दै साउदवाट २० केजी मौरीको मह, मास र गहतको दाल लगेको साउदको आरोप रहेको छ । घटनाका वारेमा घरेलु तथा साना उद्योग विकास समिति अछामका कार्यालय प्रमुख रामचन्द्र सुवेदी सम्पर्कबाहिर छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्