×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

…यसो गर्न मेगा टिमलाई अलिकति पनि लाज लागेन ?

PRIME CA

…यसो गर्न मेगा टिमलाई अलिकति पनि लाज लागेन ?

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 

मेगा बैंकका ‘अयोग्य’ सञ्चालक सिएन पाण्डे नाट्टाको अध्यक्षमा ६ मतले बिजयी भए । अहिले उनी ट्राभल व्यवसायीहरुका विभिन्न संगठनमध्येको एक नाट्टामा अध्यक्षको पद सम्हालेर बसेका छन् । तर बाफिया अनुसार पढाइ र अनुभव नपुगेर ‘अयोग्य’ प्रमाणित भइसकेका र बठ्याइपूर्वक ५ बर्षे बैंकिङ अनुभव पुर्याएर योग्य बन्ने प्रपंन्च गरेका र यसका लागि राष्ट्र बैंकदेखि मेगा बैंकसम्म सेटिङ मिलाएका विवादित सीएन पाण्डेलाई मेगा बैंकले ‘अफिसियल’ रुपमै बधाई दियो, त्यो पनि कार्यकाल सकिएपछी ।

आफुले चिनेको व्यक्तिले कतै बिजयी हाँसील गर्दा बधाई दिनु स्वाभाविक हो । तर कार्यकाल सकिएको र अयोग्य प्रमाणित भैसकेको व्यक्तलाई बधाई दिएर दारा देखिने गरी हाँसेर फोटो खिचेर फेसबुकमा हाल्नु राजनीतिभन्दा के कम भयो र ? 
गत पुष २८ गते सीएन पाण्डेको कार्यकाल मेगामा सकिएको छ । यसै पनि बाफियाले उनलाई अयोग्य घोषणा गरेकै दिन उनले बैंक छाड्नुपर्ने थियो । तर नैतिकता भन्ने चीज खोलामा बगाएर लाज पचाउँदै र कानुनको धज्जी उडाउंदै मेगाको संचालक पदमा बसेका सीएन पाण्डेलाई कुन नैतिकताले मेगाले औपचारिक रुपमा मेगाका संचालक भयो ? यहाँभित्र नैतिकताको अर्को खडेरी देखा परेको छ ।
मेगाकि सीइओ अनुपमा खुन्जेलीले फेसबुकमा आफ्नो बैंकको संचालक भनेर सीएन पाण्डेलाई बधाई दिएको फोटो पोष्ट गरेकी छिन् ? कार्यकाल सकिएको व्यक्ति कसरी संचालक हुन सक्छ ?  त्यो पनि पढाइ र अनुभव नभएर बाफियाले गलत्याउँदा पनि लाज पचाएर पदमा बसेका व्यक्तिलाई सीइओले सार्वजनिक रुपमै हाम्रो संचालक भनेर कसरी भन्न मिल्छ ? हत्तपत्त् विवादमा नआएकी अनुपमाले विवादमा आउने छनक देखाईसकेकी छिन् ।
अझ अचम्मलाग्दो कुरा त के छ भने, तीनै सीएन पाण्डेको योग्यता पुगेन भनेर विभिन्न निकायमा उजुरी गरेका अर्का संचालक दीपेन्द्र अग्रवाल दारा देखिने गरी हाँसेर सीएन पाण्डेलाई बधाई कुन नैतिकताले दिंदैछन् ? यसो त उनको पनि कार्यकाल गत पुष २८ गते नै सकीएको छ । खुब कानुन र योग्यताका कुरा गर्ने उनलेचाहिं राजिनामा किन दिंदैनन ? अनि एउटा कार्यकाल सकिएको ‘अयोग्य’ व्यक्तिलाई अर्को कार्यकाल सकिएको योग्य भनिएको व्यक्तिले बैंकका संचालककै हैसियतले बधाई दिने र सामाजिक संजालमा पोष्ट गर्न कुन नैतिकताले दियो मेगा टिमलाई ?
विषय सामान्य भएपनि  कुरा गम्भीर छ । लाज पचाउनु यसरी कसैले पनि हुन्दैन ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: