पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ ।पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएकोछ । बढेको मूल्य बुधबार राती १२ बजे बाट कार्यान्वयनमा आउने छ ।
यता ग्यास सिलिन्डर १३ सय ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ र अन्तर्राष्ट्रिय प्रति केएलको ९ सय डलर रहेको आयल निगमले जनाएको छ ।
पेट्रोल र डिजेलको मूल्य फेरी बढेपछि देउवा सरकारको चर्को आलोचना भएको छ ।