×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साफा सम्मेलन काठमाडौँमा सुरु, सार्कका लेखा व्यवसायका नियामक संस्थाका प्रतिनिधिहरु नेपालमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साफा सम्मेलन काठमाडौँमा सुरु, सार्कका लेखा व्यवसायका नियामक संस्थाका प्रतिनिधिहरु नेपालमा !

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासङ्घ (साफा) सम्मेलन  माग १६ गतेदेखि काठमाडौँमा सुरु भएको छ । सार्क देशहरूमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यो वर्ष नेपालमा भएको हो । यसअघि गत अगस्ट महिनामा समेत साफाको बैठक नेपालले बोलाएको थियो ।  नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्वअध्यक्ष समेत रहेका सुबोध कुमार कर्ण साफाका समेत अध्यक्ष छन् । 
आजबाट सुरु भएको सम्मेलनमा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षासम्बन्धी मापदण्ड तथा सार्क राष्ट्रहरूमा सहकार्य कसरी गर्ने भन्ने विषयमा छलफल र निर्णयहरू गरिनेछ। साफाका विभिन्न समितिहरू मध्ये कम्तीमा ७ वटा समितिहरूको बैठक बस्ने, सातै देशको प्रतिनिधिहरूको सहभागिता रहेको छ ।  
सम्मेलनको पहिलो दिन (साफा क्वीज एण्ड एलोक्युसन कन्टेस्ट) आयोजना  भइरहेको छ । दोस्रो दिन अर्थात भोलि  ‘साफा इन्टरनेशनल सिएफओ कन्फेरेन्स’ राखिएको छ । यस अन्तर्गत माग १७ गते सहभागीहरूबिच वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीताका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। कार्यक्रमको उद्‍घाटन उपराष्ट्रपति नन्दबहादुर पुन गर्ने आयोजकले जनाएको छ । यो कार्यक्रम, निर्देशक, प्रमुख कार्यकारी अधिकृत, वित्त अधिकृत, प्रबन्धक, लेखा व्यावसायी, परामर्शदाता, संस्थाका सदस्य तथा विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको जनाएको छ। यो सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ जना ख्यातीप्राप्त लेखा व्यावसायी तथा विशिष्ट व्यक्तित्वहरूबाट प्राविधिक पत्रहरू प्रस्तुत गरिने जनाइएको छ । 
 सम्मेलनमा चार सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीको सहभागिता रहने आइक्यानले जनाएको छ। यसै दिन ‘साफा वेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस्’ प्रदान गर्ने कार्यक्रम पनि आयोजक आइक्यानले जनाएको छ। दोस्रो दिननै आइक्यानले आफ्नो स्थापनाको एक्काइसौं वार्षिकोत्सवको कार्यक्रम राखेको छ । 
वार्षिक उत्सवको अवसरमा संस्थाको सातदोबाटो, ललितपुर स्थित केन्द्रीय कार्यालय अगाडी रहेको कनिबहाल सिंचाहिटी देखि चक्रपथ सम्मको बाटोको नामाकरण आइक्यान मार्ग गर्ने जनाएको छ। तेस्रो दिन साफाको ५१ औँ बोर्ड बैठक तथा ८६ औँ साफा महासभा बैठक आयोजना गरेको छ। बोर्ड बैठकमा विभिन्न समितिहरूको गठन तथा पुनर्गठनको लागि महासभामा सिफारिस गर्ने, साफा प्रतिवेदन स्वीकृत गर्ने जस्ताका कार्यक्रम राखेको छ। साफामा नेपाल सहित सार्क राष्ट्रका ३ लाख ७५ हजार लेखा व्यवसायीहरू रहेका छन्। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी