
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कहिले उपल्लो तहका कर्मचारीको ठगी काण्ड त कहिले सफ्टवेर खरिद प्रकरणमा घोटाला ! घोटाला नै घोटालाका खबर सार्वजनिक भइरहेको सनराइज बैंकमा अर्को घोटाला काण्ड पनि सार्वजनिक भएको छ । बैंकको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार कमलपोखरीस्थित सनराइज क्यापिटल भवनसँगै जोडिएको ५० आना जग्गालाई बजार भाउभन्दा दोब्बर रुपैयाँ हालेर बैंकले करोडौंको घोटाला गरेको हो ।
वाङेगल लामाको नाममा रहेको उक्त जग्गा प्रचलित बजार मूल्यअनुसार प्रतिआना ४५ देखि ५० लाख रुपैयाँ रुपैयाँसम्म पर्ने भएपनि बैंकका सञ्चालक तथा व्यवस्थापन प्रमुुखहरुले मिलेमतोमा उक्त जग्गा प्रति आना १ करोडमा किन्ने निर्णय गरेर जनताको पैसामा उडाएका हुन् । गत बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले कमलपोखरीस्थित उक्त जग्गा खरिद गर्ने निर्णय गरेको हो ।
यो पनि पढ्नुहोस् :
सनराइज बैंकमा नीतिगत भ्रष्टाचार, तीनपटक सफ्टवेर परिवर्तन गर्दा १२ करोड बढी घोटाला !
बैकका अध्यक्ष मोतिलाल दुुगड, सञ्चालकहरु डा. भोगेन्द्र गुरागाई, बच्छराज तातड, मालचन्द दुुगड, डा. दिपक प्रसाद भट्टराई, दिपक नेपाल, ज्योति कुुमार बेगानी, ओम कृष्ण जोशी समेतको मिलेमतोमा बैंकका प्रमुुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र डेपुुटी जनरल म्यानेजर रोविन नेपालले काठमाडौंको कमलपोखरीमा रहेको सोहि ५० आना जग्गालाई प्रति आना १ करोड रुपैयाँ तिरेर खरिद गर्ने निर्णय गरेको छ ।
भोगेन्द्र गुरागाईंको पहिला विमति, पछि भए ‘कन्भिन्स’, केस पुग्यो अख्तियार !
यता ५० लाख आना पर्ने जग्गा एक करोड रुपैयाँ तिरेर लिन लागेको भन्दै बैंकका सञ्चालक डा. भोगेन्द्र गुरागाईंले भने उक्त निर्णय नगर्न दवाव दिएका थिए । तर पछी उनलाईसमेत थामथुम पारिएको छ । सञ्चालककै विमति भएपछि उक्त जग्गा खरिद गर्नको समिति नै गठन गरिएको छ । यता बैंकका अध्यक्षले भने जग्गा किन्ने अन्तिम निर्णय नभईसकेको बताएका छन् । ‘जग्गा किनिसक्ने निर्णय भएको होइन । तर त्यो ठाउँमा ५० लाख होइन जग्गाको त्यस्तै ६० लाख चाहिं पर्छ ।’ यता सञ्चालक समितिले गलत काम गरेको भन्दै बैंकभित्रकै एक उच्च अधिकारीले भने जनताको पैसामा सञ्चालक समितिले लुट मच्चाएको भन्दै अख्तियारमा उजुरी हालेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्