Skip to content
LAXMI SUNRISE BANK

भाटभटेनीको अर्को कर्तुतको यसरी भयो पर्दाफास, ललितपुर महानगर भन्छ, ‘१ करोड बढी कर छली भएछ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – एकपछि अर्को काण्डमा फासीरहेको र पछिल्लो समय खुलेआम बदनाम हुँदै आएको भाटभटेनी सुपर स्टोरले जनतालाई मात्र होइन, राज्यलाई पनि ठग्ने गरेको खुलासा भएको छ ।  लामो समयदेखि ललितपुर व्यवसाय गर्दै आएको भाटभटेनीले ललितपुर महानगरपालिकालार्इ तिर्नु पर्ने झण्डै १ करोड रुपैयाँ कर नतिरेको भेटिएपछी यस्तो खुलासा भएको हो । महानगरपालिका आइतबार भाटभटेनीमा गरेको अनुगमनका क्रममा कम्पनीले झन्डै एक करोड रुपैयाँ छली गरेको भेटिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार राजश्व महाशाखाका कर्मचारीको टोलीले भाटभटेनी भित्र रहेका २१ अन्य पसल सहित सुपरस्टोरमा समेत अनुगमन गर्दा २१ वटा भाडामा बसेका पसलहरु व्यवसायमा दर्ता नै नभई सञ्चालनमा आएको भेटिएको थियो  । महानगरपालिकाको आर्थिक समिति संयोजक रविन्द्र महर्जन सहितको टोलीले छापा मार्दा यस्तो तथ्यको खुलासा भएको हो । 

अनुगमनका क्रममा भाटभटेनीले समेत महानगरपालिकालाई तिर्नुपर्ने झण्डै एक करोड रुपैयाँ नतिरेको भेटिएको छ । घरजग्गा कर, बहाल कर र व्यवसाय कर समेत जोड्दा झण्डै १ करोड रुपैयाँ भाटभटेनीले तिर्न बाँकी रहेको महानगरपालिकाको राजश्व विभागले जनाएको छ । त्यस्तै, भाटभटेनीले ५ वर्षसम्म भाडामा लगाएका पसलहरुबाट उठाएको बहालको पनि कर नतिरेको भेटिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK