
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एकपछि अर्को काण्डमा फासीरहेको र पछिल्लो समय खुलेआम बदनाम हुँदै आएको भाटभटेनी सुपर स्टोरले जनतालाई मात्र होइन, राज्यलाई पनि ठग्ने गरेको खुलासा भएको छ । लामो समयदेखि ललितपुर व्यवसाय गर्दै आएको भाटभटेनीले ललितपुर महानगरपालिकालार्इ तिर्नु पर्ने झण्डै १ करोड रुपैयाँ कर नतिरेको भेटिएपछी यस्तो खुलासा भएको हो । महानगरपालिका आइतबार भाटभटेनीमा गरेको अनुगमनका क्रममा कम्पनीले झन्डै एक करोड रुपैयाँ छली गरेको भेटिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार राजश्व महाशाखाका कर्मचारीको टोलीले भाटभटेनी भित्र रहेका २१ अन्य पसल सहित सुपरस्टोरमा समेत अनुगमन गर्दा २१ वटा भाडामा बसेका पसलहरु व्यवसायमा दर्ता नै नभई सञ्चालनमा आएको भेटिएको थियो । महानगरपालिकाको आर्थिक समिति संयोजक रविन्द्र महर्जन सहितको टोलीले छापा मार्दा यस्तो तथ्यको खुलासा भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्