
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बेष्ट फाइनान्सको १ लाख ८ हजार १४१ कित्ता सेयर लिलामी भर्न २ कार्य दिन मात्र बाँकी रहेको छ । चैत १८ गते भित्रसम्ममा यो लिलामीमा आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले चैत १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताले समेत भर्न पाउने गरी संस्थापक समूहको १ लाख ६ हजार ९४० कित्ता र सर्वसासाधारण समूहको १ हजार २०१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ ।
यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमलबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि भर्न सकिनेछ । हाल बेस्टको चुक्ता पुँजी २८ करोड ६६ लाख ९९ हजार रुपैयाँ छ । लिलामीपछि चुक्ता पुँजी ३८ करोड ५४ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्