×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीको घरमा मेयरले लगाए डोजर, स्थानीय रमिता हेर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थमन्त्रीको घरमा मेयरले लगाए डोजर, स्थानीय रमिता हेर्दै

Artha Sarokar

१५ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी – प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घर डोजरले भत्कायो । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहेको बेला स्थानीयले रमिता हेरिरहेका थिए ।
लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईकै अगुवाईमा मन्त्रीको घर भत्काइएको हो । अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको घरमा नगरपालिकाले डोजर हानेको हो । पहुँचकै भरमा सडक अतिक्रमण गरेर बोहराले सडक अतिक्रमण गरेर घर बनाएका थिए ।
नगरपालिकाले १५ दिने सूचना निकालेर अतिक्रमित घर उठाउन भनेको थियो । त्यसपछि फेरि ७ दिने र अन्तिममा ५ दिने सूचना निकाल्दा पनि मन्त्री बोहराले सुने नसुनेझै गर्दै आएका थिए । उल्टै मन्त्री बोहोराले आफ्नो घर कसैले हटाउन नसक्ने भन्दै आएका थिए । मेयर बजगाईले डोजर लगाउने आट गरे । हेर्दाहेर्दै मन्त्रीको घर भग्नावशेषमा परिणत भयो । मन्त्री बोहोराको घर भत्किरहँदा स्थानीय भन्दै थिए, ‘अहिलेसम्म टेरेको थिइनस्, बल्ल खाइस् ।’
बैंकिङ क्षेत्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका बोहराले यसैगरी कैलालीको दर्जनभन्दा बढी ठाउँमा सडक र सार्वजनिक जग्‍गा अतिक्रमण गरेका छन् ।
लुम्की चुहा नगरपालिकालाई सुन्दर शान्त र समृद्ध बनाउने मेयर बजगाईको अभियानको क्रममा लम्कीमा मन्त्री बोहराले सडक अतिक्रमण गरेको भेटिएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी