
काठमाडौँ- बिहिबार विहानैदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । नेपाल टेलिकमका पोस्टपेड र प्रिपेड दुबै मोबाइलमा फोन नलाग्ने समस्या देखिएको हो । देशभर नै यस्तो समस्या देखिँएको हो । फोनमा समस्या हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
यता टेलिकमभित्रको एक गिरोह टेलिकमलाई धरासायी बनाएर एनसेललाई प्रमोसन गर्नतर्फ लागेको आरोप टेलिकमकै कर्मचारीहरुले लगाएका छन् । यसअघि पनि थुप्रै पटक यस्तो काम हुने गरेको थियो ।
‘जनतामा टेलिकमप्रति विश्वास घटाउने र अन्य मोबाइल सेवा प्रदायकलाई प्रमोसन गर्न टेलिकमभित्रकै ठुलो गिरोहले मोटो रकम घुस खाएको छ । यस विषयमा अख्तियारमा पनि टेलिकमकि एमडी कामिनीविरुद्ध उजुरी परेको छ । तर ठुलालाई कसले कारवाही गर्ने ?’ टेलिकममा टेक्निकल काम गर्ने एक कर्मचारीले भने ।
यता टेलिकमले भने समस्या समाधानको पहल भइरहेको जनाएको छ ।
यो पनि पढ्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्