×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेलिकमकी एमडीलाई थर्काउँदै सांसद रानाले भने, ‘ जहिलेपनि उपभोक्ता ठग्ने ?’ झन्डै रोइन् कामिनी !

PRIME CA

टेलिकमकी एमडीलाई थर्काउँदै सांसद रानाले भने, ‘ जहिलेपनि उपभोक्ता ठग्ने ?’ झन्डै रोइन् कामिनी !

अर्थ सरोकार

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – व्यवस्थापिका–संसद् अर्थसमितिको शुक्रबारको बैठकमा नेपाल टेलिकमकि प्रबन्ध निर्देशक रहेकी कामिनी राज भण्डारीलाई सांसद लगायत अन्य उपस्थितहरुले सोधेको प्रश्नको उत्तर फर्काउन नसकेर उनी नाजवाफ भइन् । जवाफ दिनुपनि कसरी ? टेलिकमले जनतालाई दिनानुदिन ठगीरहेको छ । र ठगीको रकम कामीनीको पोल्टासम्म आउने चर्चा चल्दा पनि उनले यसको खण्डन गरेकी छैनन् । सांसदले दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई सेवाको नाममा सास्ती दिएको र थप शुल्कको मारमा पारेको भन्दै आपत्ति जनाएको उक्त कार्यक्रममा सबैको रिसको सिकार भएकी कामिनी निन्याउरो मुख बनाएर फर्किन बाध्य भइन् । 

जव सांसदले नै थर्काए !
‘मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो । फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ? सांसद् उदयशम्शेर राणाको प्रश्नपछी कामिनी केहि बोल्न सकिनन् । सांसद राणाले फेरि भने ‘उपभोक्तालाई गुणस्तरीय सेवा नदिने अनि उल्टै थप शुल्क लिने के उनीहरुलाई कुनै नियम कानून लाग्दैन ?’ त्यसो भन्दापनि उनी नाजवाफ भइन् । फोन गरेको समय अनुसारको शुल्क लिने अन्तर्राष्ट्रिय प्रचलन भए पनि मुलुकभित्रका सेवा प्रदायकले उपभोक्तालाई गुणस्तरीय, सरल र सहज सेवा दिन कन्जुस्यार्इं गरेकामा उनको आपत्ति थियो ।
सांसदले अरु पनि थुप्रै कुरा उठाए, ‘मोबाइल फोनको गुणस्तर नभएको, कुरा गर्दा गर्दै काटिने, फोन गर्दा नसुनिने, अनावश्यक शुल्क तिर्नु परेको तथा कतिपय स्थानमा फोन नै नलाग्ने अवस्थाको सुधार हुनुपर्यो ।’ सांसदहरुले दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको ध्यानाकर्षण गराए । उनीमात्र होइन सांसद केदारप्रसाद सञ्जेलले सेवाको गुणस्तरबारे प्रश्न गरे, ‘एक महिनाको अवधिमा १० दिन एडिएसएल चल्छ, बाँकी समय चल्दैन तर समय पुगेपछि लाइन आफैँ काटिन्छ यस्तो लापर्बाही किन ? के अब इन्टरनेट अर्कै कम्पनीको चलाउनु भनेको हो टेलिकमले ? त्यसो भन्दापनि कामिनी बोल्न सकिनन् । 
अर्का सांसद ल्ह्यारक्याल लामाले एडिएसएल लाइन लिन जाँदा टेलिकमका कर्मचारीले आफूलाई थर्काएको भन्दै सेवा दिने संस्थाले जे मन लाग्यो त्यही गर्न मिल्छ ? भन्ने प्रश्न गर्दापनि कामिनी नाजवाफ भइन् । यता सांसद कमला पन्तले सेवा दिने संस्थामा हाकिमी प्रवृत्ति रहेको र उपभोक्ताको गुनासो सुन्ने धैर्यता नै नभएको भन्दै सेवाग्राही संस्थामा नैतिक शिक्षा पढाउनुपर्ने भन्ने कुरा उठाउँदा कामिनी झन्डै रोइनन् ।
यता सांसदको चर्को गुनासा र प्रश्न सुन्दै बसेका प्राधिकरणका अध्यक्ष झाले त्यसपछि बोली फर्काए । ‘प्राधिकरणले प्रति १० सेकेन्डको एक पल्स बनाएको छ । बढी शुल्क लिन पाइँदैन, लिइएको भए कानूनअनुसार कारबाही हुन्छ । प्राधिकरण कारबाही गर्न तयार छ ।’ यसो भन्दा कामिनीका आँखामा आसुँ देखिन्थे । 
र अन्तमा उनी बोलिन् !
अन्तमा उनी नबोली सुख थिएन । सबै पोखिएका रिसहरुलाई पोको परेर उनी बोलिन्, ‘ टेलिकमको सेवालाई थप भरपर्दो, गुणस्तरीय, व्यावसायिक र सरल बनाउन प्रयासरत छौं। आधारभूत टेलिफोन लाइनमा प्रयोग भएको पुरानो प्रविधिलाई परिवर्तन गरेर नयाँ अत्याधुनिक प्रविधि जडान कार्य शुरु भएको र एकाध महिनाभित्रै थप आठ लाख लाइनमा त्यस्तो प्रविधि जडान भइसक्ने भएकाले एडिएसएलमा कुनै पनि गुनासो नआउने विश्वास लिएका छौं ।
यो पनि बढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: