×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफको ४२% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल लाइफको ४२% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

१४ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल लाइफ इन्सुरेन्सको ४२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि इन्सुरेन्सले सेयर भाउ प्रतिकित्ता ११ सय १६ रुपैयाँ कायम भएको छ । आज इन्सुरेन्सको सेयर कारोबार यहि मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत अधार मूल्य भने १६ सय ९९.१० रुपैयाँ छ ।
कम्पनीले चैत २८ गते हुने वार्षिक साधारण सभामा ४२% बोनस र २८.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसका लागि कम्पनीले बुधबारदेखि बुक क्लोज गरेको हो । सभामा अधिकृत पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश हुँदैछ । 
हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय २५ रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी