
काठमाडौं – भारतीय राजदूत मनजीवसिंह पुरीले कुटनीतिक मर्यादालाई उलंघन गर्दै सोमबार नेपाल सरकारका चार मन्त्रीसँग भेटवार्ता गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई बधार्इृ दिने निहुँमा राजदूत पुरीले कूटनीतिक आचारसंहिता उलंघन गरेका छन् । सोमवार भारतीय राजदूतले गृहमन्त्रीसहित चार मन्त्रीलाई उनीहरूको कार्यकक्षमा पुगेर भेटका थिए । भारतीय राजदूत पुरी कार्यकक्षमै भेट्न मन्त्री भेट्न आउने कुरा न परराष्टमन्त्रालयलाई जानकारी थियो नत मन्त्रीहरुलाई नै थियो ।
कूटनीतिक आचार संहिता २०६८ मा, मन्त्रीसहितका उच्चसरकारी अधिकारीले कुनै पनि विदेशी सरकारका प्रतिनिधिहरूसँग भेट गर्नु पूर्व परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका अधिकारीलाई आमन्त्रण गर्नुपर्ने व्यवस्था छ।
यसलाई कुटनीतिक लापरवाहीका रुपमा नेपाली कुटनीतिज्ञहरुले बताएका छन् । मर्यादा पालना गर्नुपर्ने काम नेपाली पक्षले नै हो। यसमा हाम्रो राजनीतिक नेतृत्व वर्ग कूटनीतिक संवेदनशिलताबारे अनभिज्ञ रहे जस्तो अथवा लापरवाही गरिरहेको जस्तो देखिन्छ, पूर्व राजदूत जयराज आचार्य भने ।
सोमवार भारतीय राजदूत सिंहले सिंहदरवारमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग छुट्टाछुट्टै भेट गरेका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्