- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पूर्वअर्थमन्त्री राम शरणमहतमाथि बोतल प्रहार गर्ने रामहरी खड्का एभरेष्ट बैंकको कर्मचारी भएको खुलासा भएको छ । उनले प्रहरीलाई दिएको बयानमा यस्तो खुलासा भएको हो । नुवाकोटमा रहेको एभरेष्ट बैंकको एक साखामा गार्डको काम गरेका उनले आफुलाई केदार केसी नामका कांग्रेसी कार्यकर्ताले रक्सी खुवाएर उक्त काम गर्न लगाएको बयान दिएका छन् ।
दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार भएको थियो । अझ अचम्मको कुरा त के छ भने महतलाई बोत्तलले हिर्काउन लगाउने पनि कांग्रेसी कार्यकर्ता नै हुन् भने महतले नै भनसुन गरेर उनलाई जागिर लगाईदिएका थिए ।
प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘केदार केसीले रक्सी खुवाएर महतलाई कसले कुट्न सक्छ भनेपछि म सक्छु भनेर जोसिएँ ! त्यसपछि यो घटना घट्यो ।’
हेर्नुहोस् यसरी हानिएको थियो महतमाथि बोत्तल