Skip to content
LAXMI SUNRISE BANK

सलमान खानलाई मे महिनामा नेपाल ल्याउने आयोजकको अर्को तयारी ! तर यसपाली पनि कार्यक्रम स्थगित हुने निश्चित !

अर्थ सरोकार

काठमाडौँ- विप्लव निकट संघको कडा विरोधपछी आफ्नो नेपाल भ्रमण स्थगित गरेका सलमान खानलाई आयोजकले पुन मे महिनामा ल्याउने तयारी गरेको खबर छ । आयोजक स्रोतले जनाए अनुसार अहिले केहि टिकट विक्री भइसकेकाले र उक्त कार्यक्रमका लागि धेरै तयारी भइसकेकोले आफ्नो साख जोगाउन पनि कार्यक्रम पुन आयोजना गर्दै सलमान खानलाई पुन: नेपाल ल्याउने तयारी आयोजकले गरेको छ । 
तर उक्त कार्यक्रम पुन: स्थगित हुने निश्चित प्राय छ । ‘पहिला विरोध गर्ने र यसपाली विरोध नगर्ने भयो भने विप्लव नेतृत्वको नेपाल जनसांस्कृतिक महासंघको ‘इन्टिगृटि’ मै प्रश्न चिन्ह उठ्छ । त्यहि भएका कारण पुन: यो कार्यक्रम स्थगित हुन्छ । अझ यसपाली शशक्त रुपमा विरोध हुन्छ ।’ विप्लव नेतृत्वको नेकपा निकट जनसांस्कृतिक महासंघएक सदस्यले अर्थ सरोकार डटकमसँग भने, ‘हाम्रो विरोधलाई चुनौती दिंदै खानलाई नेपाल ल्याइयो भने हाम्रो विरोधको झन् कडा शैली अगाडी आउनेछ ।’
यसअघि ‘दबंग द टुर’ को नाममा गत १० मार्चमा उक्त कार्यक्रम तय भएको थियो ।टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK