×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस कारण गर्दैछ विश्व बैंकले नेपाललाई २६ अर्ब सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस कारण गर्दैछ विश्व बैंकले नेपाललाई २६ अर्ब सहयोग

७ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – विश्व बैंकले संघीयता कार्यान्वयनको क्रममा संक्रमणकालीन अवस्थाबाट अगाडि बढिरहेको नेपाललाई सघाउन २६ अर्ब रुपैयाँ ९२६ करोड ६० लाख डलर० को कर्जा सहयोग गरेको छ ।
बैंकको कार्यकारी निर्देशकहरुको बैठकले सहयोग रकम स्वीकृत गरेको हो । यसमध्ये २० अर्ब (२० करोड डलर) कर्जा सहयोग सार्वजनिक वित्त व्यवस्थापनको लागि प्रदान गरेको हो । आर्थिक र सार्वजनिक वित्तीय व्यवस्थापन विकास नीति अन्तर्गतको यो पहिलो कार्यक्रम हो । यो कार्यक्रम दुई चरणमा हुनेछ ।
‘एकात्मक राज्य व्यवस्थाबाट संघीय प्रजातान्त्रिक गणतन्त्रमा प्रवेश गर्दै गरेको नेपाल ऐतिहासिक घडीमा आइपुगेको छ, उच्च स्तरमा समानता र जवाफदेहिता कायम गर्नेमा जनताको यस मुलुकप्रति उच्च आकांक्षा छ’, बंगलादेश, भुटान र नेपालका लागि विश्व बैंकका आवासीय निर्देशक चिमाओ फनले भने ।
यो सहकार्यले बन्ने वित्तीय संरचनाले हालै निर्वाचित भएको नयाँ सरकार सबै नेपालीलाई गुणस्तरीय सेवा दिन सक्षम हुने सुनिश्चितता प्रदान गर्ने उनले बताएका छन् ।
यो वित्तीय सहयोग अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन लागु गर्न, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग निर्माण गर्न, बजेट कर्याान्वयनमा सुधार ल्याउन, राजस्व संकलनमा पुनरसंरचना गर्न लगायतमा सहयोग पुग्ने विश्व बैंकको विश्वास छ ।
बैंकले दिने सहयोगमध्ये ६ अर्ब ६० करोड रुपैयाँ (६ करोड ६० लाख डलर) रानी जमरा कुलरिया सिञ्चाई आयोजनाको दोस्रो चरणको निर्माण कार्यमा प्रयोग हुने भएको छ ।
सहयोग हुने रकम यो आयोजनाको उपशाखा, कुलो आधुनिकीरण गर्दै सबै कृषकको जमिनसम्म पानी पुर्‍याउने प्रणालीको विकासमा खर्च हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी