Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको नाफा र ईपीएस दुवै बढ्यो

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमई बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २४.४९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १३ करोड रुपैयाँबाट बढेर ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल कुल सञ्चालन आम्दानी ५ अर्ब ५१ करोड रुपैयाँबाट वृद्धि भई ६ अर्ब रुपैयाँ कायम भएको छ भने बैंकको सञ्चालन नाफा पनि २ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड बढी छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा छ ।

कुल चुक्ता पुँजी ३९ अर्ब ६४ करोड रुपैयाँ रहेको बैंकको निक्षेप संकलन ६ खर्ब ९० अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह ४ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK