- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एमालेबाट बिजय भएका भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयरमा मदनसुन्दर श्रेष्ठमाथि स्थानीयले आक्रमण गरेको खबर छ । शनिबार साँझ करिब ६ बजेतिर श्रेष्ठमाथि गठ्ठाघरस्थित उनकै घर अगाडी स्थानीयले आक्रमण गरेका हुन् । उनको गाडीसमेत तोडफोड भएको छ । श्रेष्ठ चढेको बा ८ च ८७२० नं. को गाडीमा तोडफोड भएको हो। आक्रमणपछि प्रमुख श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुकेका थिए ।
जनताले तिरेको करको दुरुपयोग गरेको र चरम भ्रष्टाचार गरेको भन्दै उनीमाथि आक्रमण गरेको स्थानीयले जनाएका छन् । आक्रमणबाट श्रेष्ठ]को गाडीमा क्षति पुगेको छ । उनको अवस्थाबारे केहि जानकारी नआएपनि उनीमाथि आक्रमण भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।