×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानीमा बैंक पीडीतको दर्दनाक बयान, ‘बैंकबाट पैसा हराएपछि छोराको भर्ना गर्न पाइन, कर्मचारीकै मिलेमतोको शंका छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानीमा बैंक पीडीतको दर्दनाक बयान, ‘बैंकबाट पैसा हराएपछि छोराको भर्ना गर्न पाइन, कर्मचारीकै मिलेमतोको शंका छ’

Artha Sarokar

१६ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- विमला दुलाल । काठमाडौँमा संघर्ष गरीरहेकी एक महिला । घर चलाउनका लागि बाध्यताले चलाईरहेको एउटा सानो व्यापार अनि परिवारमा छोराछोरीको भविष्यको जिम्मेवारी । मेहेनत गरेर केहि पैसा जम्मा भएको थियो । त्यहि पैसाले छोरालाई पढाउनु थियो । घर व्यवहार चलाउनु थियो । छोरालाई भर्ना गर्न पैसा चाहिएपछि उनले सानीमा बैंकमा रहेको आफ्नो खाताबाट पैसा झिक्ने निर्णय गरिन् । तर अचनाक थाहा भयो, चेक बुक हराएछ’ । राखेको ठाउँ थाहा थियो, तर त्यहाँ चेक थिएन । छोरालाई पैसाको आवश्यकता परिसकेको थियो । त्यहि भएर उनी बैंक पुगिन् र चेकबुक हराएको खबर गरिन् । तर त्यतिबेला निकै ढिलो भइसकेको रहेछ । उनको खाताबाट त पैसा चोरी भइसकेको रहेछ । खोजतलास भयो, ‘आखिर कसले झिकेछ पैसा ?’ बैंकको सीसीटिभी फुटेज हेरियो । आफ्नो खाताबाट किर्ते हस्ताक्षर गरेर आफ्नै घरमा पसल गरी बस्ने अर्की महिलाले पैसा झिकेकी रहीछन् । छोरालाई पढाउने सपनामा कुठाराघात हुने भयो, दु:ख गरेर कमाएको पैसा सबै चोरी भयो । त्यसपछि उनले प्रहरीमा यसबारे उजुरी गरिन् । 
बिमलाको बयान, ‘कर्मचारीकै मिलेमतोको शंका छ’
सिन्धुपाल्चोक जिल्ला ठुलो सिरुबारी गाबिस वडा नम्बर ५, हाल चौतारा नगरपालिका वडा नम्बर १३ घर भइ काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ४३ बर्षकी बिमला दुलालले आफ्नो घर नजिकै भएका कारण सानीमा बैंकमा खाता खोलेकी थिइन् । ‘नक्सालस्थित बैंकमा रहेको मेरो खाता नम्बर ००१०००११५०३० ‘एन’ मा रहेको खाताबाट विभिन्न ६ थान चेक चोरेर म बसेकै घरमा डेरामा बस्ने रेनुका खड्का नाम गरेकी महिलाले किर्ते हस्ताक्षर गरी रकम झिकेकी छिन् । सीसीटिभीमा उनले पैसा निकालेको स्पष्ट देखिएको छ । मेरो हस्ताक्षर कसरी मिल्यो, त्यो मलाइ थाहा छैन । तर बैंकले पैसा दिएछ । बैंकसँग मेरो नम्बर पनि थियो, तर मलाइ खबर गरिएन । पटक पटक मेरो खाताबाट पैसा निकाल्दा एउटै कर्मचारीले पैसा दिएका छन् । यो बिरलै हुने कुरा हो । कर्मचारीकै मिलेमतोको शंका छ । बैंकले हामीलाई एक लाखभन्दा बढी पैसा भुक्तानी गर्दा नागरिकता माग्छ । उनलाई त्यो पनि मागिएको छैन । प्रहरीमा उजुरी त गरेको छु, तर बैंककै मिलेमतोमा यो काम भएको शंका लागेको छ । पैसा चोर्ने व्यक्ति भाग्दा पनि कसैले मेरो वास्ता गरेन । दुख गरेर कमाएको पैसा सबै बैंकले खाइदिने भो गलत व्यक्तिलाई दिएर । ‘ 
‘पैसा चोर्ने मान्छे भागिसक्यो, तीनका बुढाले ज्यान मार्ने धम्की दिए, तर कसैले वास्ता गरेन’
यता आफ्नो खाताबाट पैसा निकाल्ने रेणुका खड्का नाम गरेकी महिलाले बसेको घरसमेत छोडीसकेको उनको भनाइ छ । ‘मेरो पैसा चोरी भएको दावी सहित मैले प्रहरीमा उजुरी गरेपछि रेणुका खड्का भागीसकेकी छिन् । उनका श्रीमान् ले मलाइ पटक पटक ज्यान मार्ने धम्की दिएका छन् । त्यसको सबै रेकर्ड मसँग छ । तर यतिधेरै प्रमाण हुँदा पनि न प्रहरीले केहि टुंगो लगाएको छ न बैंकले त्यसको जवाफ देहिता लिएको छ । सानीमा बैंक ठुला घरानाहरुको मात्र बैंक हो भन्ने सुनेकी थिएँ, आज आफैंले भोगें ।’ सानीमा बैंकतर्फ पटक पटक टोहोलाउँदै उनी भनिरहेकी थिइन्, ‘छोरालाई पढाउँन पैसा भएन, अव के गर्ने, के नगर्ने, आफैं सोच्न सकिरहेको छैन । पहिला त प्रहरीले उजुरीसमेत लिन मानेको थिएन । मिडियामा सानीमा बैंकबाट पैसा हराएको खबर आएपछी बल्ल प्रहरीले उजुरी लियो ।’ 

‘छोरालाई पढाउँन राखेको पैसा चोरी भयो, छोराको भविष्य बर्बाद हुने भो’
बिमाले निन्याउरो मुख बनाउँदै अर्थ सरोकार डटकमसँग भनिन्, ‘छोरालाई पढाउँन भनेर पैसा राखेको थिएँ । बैंकको लापरवाहीले सबै पैसा चोरी भयो । अव छोरालाई कसरी पढाउने भन्ने चिन्ता लागेको छ । बैंकमा गएर पटक पटक उक्त घटनाबारे के भयो भन्ने बुझ्न खोजीरहेको छु, तर कसैले पनि वास्ता गर्दैन । बैंक भनेको दुखी गरिवहरुका लागि होइन रहेछ । दु:खले जम्मा गरेको रकम सबै चोरी भयो । बैंकले सहि मिलेकाले पैसा भुक्तानी गरेको हो भन्छ । मैले गर्दै नगरेको सहि कसरी मिल्यो, छक्क परेको छु । सानीमा बैंकमा त जसको पैसा जसले लिए पनि हुनेरहेछ कि के हो ? थाहा छैन । तर पैसा चोरी भएको थाहा पाएको दिनदेखि, न दिनमा भोक छ, न रातमा निन्द्रा । खाली छोराको पढाइ र दुख गरेर कमाएको पैसाको मात्र याद आइरहेको छ ।’ 

पीडीतका छोरा भन्छन्, ‘रेणुका खड्काले पैसा चोरेको भन्ने प्रमाण हुँदा पनि बैंकले केहि गरेन’
यता पीडीतका छोराले आफ्नी आमाको खातामा रहेको रकम कसले चोरेको हो भन्ने प्रमाणित हुँदा पनि बैंकले केहि नगरेको गुनासो पोखेका छन् । ‘कसले पैसा चोर्यो भन्ने पनि बैंकलाई थाहा छ । तर उसलाई खोज्नुको सट्टा यो घटनालाई झन् झन् लम्ब्याएर उसलाई भाग्ने मौका दिइयो । मम्मीको खाताबाट पैसा हराएपछी मेरो पढाइ बिचैमा अलपत्र हुन्छ कि भन्ने पीर परेको छ । बैंकका कर्मचारीले सबैलाई नियम लगाउने, अनि मेरो मम्मीको खाताबाट पैसा चोर्ने महिलालाई भने नियम नलगाउने कस्तो नियम रहेछ, अचम्ममा परेको छु । बैंक आफ्नो गल्ती लुकाउने प्रयास गरिरहेको छ, अनि पैसा चोर्ने भागिसकेको छ । अव हामीले कसैलाई भन्ने ? कहाँ गएर भन्ने ? धन्न अर्थ सरोकार डटकमले हाम्रो कुरा सम्बन्धित ठाउँमा पुर्याएको छ । केहि हुन्छ कि ! हाम्रो पैसा फिर्ता हुन्छ कि भन्ने थोरै भएपनि आश छ । तर बैंकचाहिं खत्तम नै रहेछ । दुखी गरिवहरुले यो सानीमा बैंकमा पैसा राख्ने नै होइन रहेछ । १०-२० लाख हराउँदा पनि समस्या नहुनेले मात्र खाता खोल्नुपर्ने बैंक रहेछ सानीमा बैंक त । ‘ 
बैंकका सुचना अधिकारी भन्छन्, ‘मलाइ बोल्ने अप्रुभल छैन’
खासमा यो घटनामा बैंकको धारणा के छ ? हामीले पीडीत दुलालको परिवारलाई नै बोकेर बैंकका सुचना अधिकारी तेज बहादुर चन्दलाई भेट्यौं । हामीसँग झन्डै १० मिनेट बोलेका उनी हाम्रो क्यामरामा बोल्न चाहेनन् । उनले पटक पटक भनीरहेका थिए, ‘बैंकको गल्ती भएको प्रमाणित भए हामीले के गर्नुपर्छ सोचौंला । तर अहिले केस पुलिसकहाँ पुगेको छ, हामी केहि पनि गर्न सक्दैनौं ।’ बैंकले पटक-पटक बिमलाको खाताबाट पैसा झिकिदा किन झिक्नेको परिचयपत्र मागेन ? भन्ने हाम्रो प्रश्नमा उनले पूरानै उत्तर दोहोर्याए, ‘त्यो बेला त्यस्तो नियम नै थिएन । नागरिकता लिनुपर्ने भन्ने त अस्ती साउनबाट मात्र आएको नियम हो ।’ अनि बैंक जवावदेखि हुनुपर्दैन त ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘बैंकको गल्ती प्रमाणित होस् अनि बैंकले के गर्नुपर्छ, गर्छ ।’ हामीले अन्त्यमा सोध्यौं ,’भनेको सानीमा बैंक असुरक्षित नै रहेछ होइन त ?’ उनले ठाडो जवाफ फर्काए, ‘म त्यस विषयमा तपाईंसँग बहस गर्न चाहान्न ।’ 

यो पनि पढ्नुहोस् :

सानिमा बैंकमा खाता छ ? होसियार ! यसरी अरुले किर्ते हस्ताक्षर गरेर पैसा निकाल्दा पनि थाहा पाउँदैन बैंक (प्रमाणसहित)

सानीमा बैंक पैसा चोरी प्रकरण : पीडीत भन्छन्, ‘बैंकले पैसा खाइदिने भो, डेपुटी सीइओकै व्यवहार शंकाष्पद देखियो’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी