
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कर सम्बन्धि समाधानका लागि निकै नै लोकप्रिय बन्न सफल भएको मोबाइल एप्लिकेसन ‘ट्याक्सपर्ट’ र एसीसीएबीच कर सचेतना अभियानमा सघाउने र एसीसीलाई ‘नलेज पार्टनर’ बनाएर सँगै अगाडी बढ्ने सहमति भएको छ । आइतबार एसीसीएका तर्फबाट एसीसीए नेपालका प्रमुख रविन कटवाल र ट्याक्सपर्टका तर्फबाट सिए शेषमणि दाहालले सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै अव एसीसीए नेपालले ट्याक्सपर्टलाई एक बर्षको प्रायोजन गर्नेछ भने ट्याक्सपर्टले एसीसीएलाई ‘नलेज पार्टनर’का रुपमा एक बर्षभर उक्त एपमा एसीसीए सम्बन्धि विभिन्न जानकारीहरु प्रकाशित गर्नेछ । यो सम्झौताले कर सम्बन्धि रुची राख्ने बर्गमा एसीसीएको जानकारी पनि जाने र एसीसीए पढिरहेका विद्यार्थी तथा सदस्यहरुले नेपालको कर कानुन सम्बन्धि केहि बुझ्नुपर्यो भने अपनत्वको भावनासहित बुझ्न सक्ने दुवै पक्षको दावी छ ।
‘ट्याक्सपर्ट एसीसीएसँग सहकार्य गर्न पाउँदा निकै नै खुसी छ ।’ ट्याक्सपर्टका अभियानता सिए शेषमणि दाहालले अर्थ सरोकार डटकमसँग भने, ‘यो अभियानमा हामीले एसीसीएलाई र एसीसीएले हामीलाई ब्राण्ड निर्माणमा समेत सहयोग पुर्याउने कुरामा मेरो पूर्ण विश्वास छ ।’ उनका अनुसार एसीसीएको सहकार्यसँगै ट्याक्सपर्ट अझै परिस्कृत रुपमा आउनेछ । ‘हामीले पछिल्लो भर्जन सार्वजनिक गरेका छौं । जहाँ एसीसीएसम्बन्धि जानकारी पनि पाइन्छ ।’
यता एसीसीए नेपालका प्रमुख रविन कटवालले पनि ट्याक्सपर्टसँगको सहकार्यले एसीसीएको ब्राण्ड लक्षित बर्गसम्म पुग्नेमा विश्वास व्यक्त गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर पछी अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै कटवालले भने, ‘कर सम्बन्धि जानकारी खोज्ने बर्गमा एसीसीएको जानकारी पुग्छ । र एसीसीए पढिरहेका विद्यार्थी र एसीसीए सदस्य भइसकेकाहरुले नेपाली कर सम्बन्धि जानकारी लिन यसै पनि ट्याक्सपर्ट महत्वपूर्ण टुल सावित भइसकेको छ । हाम्रो सहकार्यले कर सचेतना अभियानमा अझै मलजल हुने हाम्रो विश्वास छ ।’
ट्याक्सपर्टमा सिए शेषमणि दाहाल लगायतको कर विज्ञहरुको समूह आवद्ध छ । स्मरण रहोस्, त्याक्स्पर्ट एपबाट अर्थ सरोकार डटकम र सिए सरोकार डटकमका समाचारपनि पढ्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्