×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : युनाइटेड इन्सुरेन्सबाट राजीनामा दिने कर्मचारीको संख्या १२७ पुग्यो ! मुख्य कारण सीइओको दादागिरी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय निकै विवादमा परेको युनाइटेड इन्सुरेन्समा सीइओको दादागिरीका कारण कम्पनीबाट राजीनामा दिने कर्मचारीको संख्या १२७ पुगेको छ । नक्कली दावी प्रकरणदेखि सीइओको दादागिरीसम्मका काण्डहरुमा फसेको यो कम्पनीमा सीइओको दादागिरीका कारण यतिधेरै कर्मचारीहरुले छोटो समयमा नै जागिर छोड्दा कम्पनीको भविष्यमाथि नै प्रश्न चिन्ह उठेको छ । ठुलो व्यापारिक घराना विनोद चौधरीको समेत लगानी रहेको यो कम्पनीमा यति धेरै कर्मचारीले काम छोडेपछि कम्पनीका हरेकजसो काम प्रभावित हुन थालेका छन् । 
केहि समय अघिमात्र उच्च अदालतले युनाइटेड इन्सुरेन्सले नक्कली दावी अरेको ठहर गरेपछि कम्पनी थप विवादमा मुछिएको थियो । विनोध चौधरीकै अर्को कम्पनीले दावी गरेको नक्कली क्षतिपुर्ति चौधरीकै लगानी रहेको युनाइटेड इन्सुरेन्सले भर्पाइ गरेको भन्दै कम्पनी विरुद्ध मुद्धा दायर भएको थियो । पछिल्लो समयमात्र इन्सुरेन्सको केन्द्रिय कार्यालयका बजार शाखा प्रमुख बद्री बहादुर अधिकारी, लाहान शाखाका राजेन्द्र अधिकारी, विर्तामोड शाखाका ईश्वर भट्टराई, जनकपुर शाखाका मुकेश कुमार दास र सर्लाहीका विपिन आचार्य गरी १२७ जना कर्मचरीले राजीनामा दिएका छन् । 
यता युनाइटेड इन्सुरेन्स भने राजीनामा स्वीकृत नगर्ने र आफ्ना कर्मचारीहरुलाई बर्खास्ती सुचना निकाल्ने काम गरेर कर्मचारीमाथि चरम शोषण गरिरहेको छ ।
यो पनि पढ्नुहोस् 

नक्कली आगलागीको पोल खुलेपछि विवादमा अरवपति विनोद चौधरी, २४ करोड तिर्नुपर्ने उच्च अदालतको निर्णय !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: