
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- तत्कालीन एपेक्स बैंक घोटाला प्रकरणका मुख्य अभियुुक्तलाई पक्राउ गर्नको लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डिफ्युुजन नोटिस जारी गर्ने तयारी गरेको छ । सीआर्ईबी स्रोतका अनुसार हाल अमेरिकामा बैंकका तत्कालीन प्रमुुख कार्यकारी अधिकृत गोविन्द प्रसाद उपाध्यायसहितका केहि अभियुक्तहरु विरुद्ध डिफ्युुजन नोटिस जारी गर्न लागिएको हो। एपेक्सका तत्कालीन प्रमुुख कार्यकारी उपाध्याय अमेरिकाका पीआर होल्डर हुन् । यसले केहि समस्या हुन्छ कि भन्ने अनुमान पनि लगाइएको छ ।
गत चैत २ गते सीआईबीले एपेक्स घोटाला प्रकरणमा संलग्न भएको अभियोगका आधारमा पहिलोपटक १३ जनालाई पक्राउ गरेको थियो । प्रकरण बाहिर आउन थालेपछि तत्कालीन प्रमुख कार्यकारी उपाध्याय भागेर अमेरिका पुुगेका थिए । सीआईबीले गत चैत २ गते करिब २६ जना नक्कली ऋणी तयार पारेर पुँजी अपचलन गरेको अनुसन्धानबाट खुुलेपछि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका तीन जना सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी तथा मधुवनलाल श्रेष्ठ, सोही बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, सोही बैंकका वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सोही बैंकका सहायक महाप्रबन्धक रामचन्द्र बसौला, सोही बैंकका शाखा प्रबन्धक विकास श्रेष्ठ, सोही बैंकका लोकन्थली शाखा प्रमुख सागर नेउपाने, सोही बैंकका शाखा प्रबन्धक मानबहादुर राउत, सोही बैंकका सहायक महाप्रबन्धक विनितमणि उपाध्याय, सोही बैंकका कर्जा अधिकृत मोहन खरेल र सोही बैंकका शाखा प्रबन्धक सुदिप थापासहितका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
स्मरण रहोस् एपेक्स डेभलोपमेन्ट बैंकमा भएको घोटालाबारे नेपाली मिडियामा पहिलोपटक खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्