
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राजनीतिक आडमा नेताहरुले कसरी नियामकको नियमको धज्जी उडाउँछन् र नियामक पनि नेता भनेपछि कसरी रमिता हेरेर बस्छन् भन्ने कुराको पछिल्लो उदाहरण एसियन लाइफ इन्सुरेन्स हो । एसियन लाइफ इन्सुरेन्स कम्पनीका अध्यक्ष बिजय सरावगी बिमा समितिले जारी गरेको निर्देशन विपरित चलेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ ।
बिमा समितिले जारी गरेको बिमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ अन्तर्गत खण्ड ७ मा रहेको सञ्चालकको अयोग्यता शिर्षकको बुँदा (द) मा स्पष्टसँग नगरपालिकाको पदाधिकारीहरु इन्सुरेन्स कम्पनीको सञ्चालक पदमा बस्न नपाइने भन्ने व्यवस्था छ । तर उक्त व्यवस्थाको खिल्ली उडाउँदै कम्पनीका अध्यक्ष अझै पनि पदमा बसीरहेका छन् ।
मेयर साप भन्छन्, ‘त्यस्तो नियम आएको थाहै भएन, तपाईंले थाहा दिनुभयो, अव छोडौंला नि त’!
यस विषयमा हामीले बीरगन्ज नगरपालिकाका मेयरसमेत रहेका एसियन लाइफ इन्सुरेन्सका अध्यक्ष बिजय सरावगीलाई हामीले तपाईंको अध्यक्ष पद त गैर कानुनी भयो नि होइन र ? भनेर सोधेका थियौं । जवाफमा उनले हामीलाई भने, ‘कुन नियमको कुन दफामा लेखेको छ भन्नुस त !’ सुरुमा हाम्रो प्रश्नपछी कड्किएका उनलाई हामीले स्पष्टसँग बिमा समितिले जारी गरेको बिमाकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ अन्तर्गत खण्ड ७ मा रहेको सञ्चालकको अयोग्यता शिर्षकको बुँदा (द) मा लेखिएको छ भनेपछि उनले मलीन स्वरमा भने, ‘म मेयर हुँदा त त्यस्तो नियम आएकै थिएन । तपाईंले थाहा दिनु भयो अव छोडौंला नि त !’
हेर्नुहोस् उनी बीरगंज नगरपालिकाको मेयर भएको प्रमाण :

हेर्नुहोस् उनी एसियन लाइफ इन्सुरेन्समा अध्यक्ष भएको प्रमाण :

हेर्नुहोस् विमा समितिले जारी गरेको निर्देशिकामा उल्लेख भएको सञ्चालकको अयोग्यता विषयमा उल्लेख भएको तथ्य :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्