×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्सुरेन्सले झुक्यायो लगागनीकर्ता, बीमा समितिलाई प्रयोग गर्दै सुचनामै खेलियो, नियामक मौन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

एसियन लाइफ इन्सुरेन्सले झुक्यायो लगागनीकर्ता, बीमा समितिलाई प्रयोग गर्दै सुचनामै खेलियो, नियामक मौन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एसियन लाइफ इन्सुरेन्सले सुचनामा खेलेर करोडौंको चलखेल गर्ने गरेको तथ्य फेला परेको छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले टाइप इरर भन्दै जनता झुक्याएर करोडौंको चलखेल गरेको आरोप लागेको थियो । अहिले नेपाल लाइफ इन्सुरेन्सले १२ प्रतिशत लाभांश घोषणा गरेर बजारमा मूल्य संवेदनशीलतामा खेलेको र पछी बीमा समितिबाट संसोधन गरेर लाभांशसम्बन्धि अर्को सुचना जारी गरी बीचमा ठुलो चलखेल गरेको खुलासा भएको हो । बीमा समितिलाई प्रयोग गरेर कम्पनीले जनता झुक्याउने खेल गरेको हो ।

कम्पनीको यसअघि फागुन १४ गते बसेको सञ्चालक समितिको एक सय २२औं  बैठकले आर्थिक वर्ष २०७३/०७४ को खुद मुनाफाबाट १२ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव वास्तविक तथ्यांकमा आधारित नभएको भन्दै बीमा समितिले अस्विकार गर्यो । सोपश्चात् कम्पनीको यही बैशाख १२ गते बसेको सञ्चालक समितिको एक सय २४औं बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एसियन लाइफ इन्सुरेन्सले बिमा समितिकै निर्देशन अनुरुप लाभांश परिमार्जन गरिएको भन्दै नेप्सेमार्फत जानकारी गराएको छ । मूल्य संवेदनशीलतामाथि खेल्दा लगानीकर्तालाई हुन गएको नोक्सानीबारे कोहि पनि बोलेको छैन । यस अघि भने नेपाल इन्स्भेष्टमेन्ट बैंकको टाइप इरर प्रकरणमा भने नेप्सेले एक्सन लिएको थियो । 
यसो त एसियन लाइफ इन्सुरेन्सले बिमकहरुमाथि दादागिरी गर्ने गरेको चर्चा पनि यसअघि नै चलेको थियो । लगानीकर्ताहरु त यसअघिदेखि नै एसियन लाइफ इन्सुरेन्सले पटक पटक आफुहरुलाई झुक्याउने गरेको तथ्यको खुलासा गर्दै आएका थिए । कम्पनीले मुख्य व्यवसायबाट के कति आम्दानी भयो भन्ने कुरा आफ्नो प्रगती विवरणमा उल्लेख नै गरेको पाइंदैन । यसो त यो समस्या अन्य केहि कम्पनीहरुमा पनि छ । विमांकी मूल्यांकन प्रतिवेदन पनि कम्पनीले लुकाएर राख्ने गरेको छ समयमा विमांकी मूल्यांकन नहुँदा साधारणसभासमेत बस्न सकेको छैन ।
यता कम्पनीले गरेको यस्तो गलत कामले केहि लगानीकर्ताहरु ठुलो नोक्सानीमा परेका छन् । यसले एसियन लाइफ इन्सुरेन्स प्रति लगानीकर्ताको विश्वास त गुमेको छ नै, एसियन लाइफ इन्सुरेन्सले दिने सूचना कुनै बेला जे पनि हुन सक्ने र सुचना विश्वसनीय नहुने तथ्यको पनि खुलासा भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र कम्पनीका अध्यक्ष बिजय कुमार सरवगी को डिजाइनमा यस्तो गलत धन्दा भएको कम्पनीकै उच्च अधिकारीहरुले अर्थ सरोकार डटकमलाइ जानकारी दिएका छन् । तर यस विषयमा उनलाई बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: