- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेन्ट्रल फाइनान्सले सोमबारदेखि ९ लाख ८१ हजार ७०८.७२५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला भएको छ । कम्पनीले यसअघि पनि सोही संख्यामा संस्थापक सेयर लिलामी खुला गरेको थियो । तर त्यसबेला आवेदन नपरेपछि सर्वसाधारणले समेत भर्न पाउने गरी फेरि लिलामीमा ल्याएको हो ।
यसमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ ।