Skip to content
LAXMI SUNRISE BANK

ज्ञानेन्द्र मल्ल इसेवाको ब्राण्ड एम्बेसडर, चर्चित ‘ठग’ व्यापारी विश्वाश ढकाल र मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- क्यास अन एड नामक एपमा जनताको करोडौं रुपैयाँ ‘पच’ बनाएका चर्चित ठग व्यापारी अर्थात एफवान सफ्टका अध्यक्ष र नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लबीच सम्झौता भएको छ । सम्झौता अनुसार मल्ल इसेवाको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् भने सम्झौतापछि ज्ञानेन्द्रले नेपालले खेल्ने सबै अन्तर्राष्ट्रिय म्याच र राष्ट्रिय म्याचहरु खेल्दा इसेवाको स्टिकर आफ्नो ब्याटमा टाँसेर खेल्ने बताइएको छ।
काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।  झण्डै एक दशक यता नेपाली टोलीको उपकप्तान रहँदै आएका ज्ञानेन्द्रले काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर पनि चलाइरहेका छन् । राष्ट्रिय खेलाडीले ठग व्यापारीसँग सम्झौता गरेर सामाजिक रुपमै तस्विर राख्ने कामलाई धेरैले गलत भनेका छन् ।
स्मरण रहोस् नेपाल राष्ट्र बैंकको नियम मिचेर गैरकानुनी रुपमा चलेको इसेवासम्बन्धि विशेष सामाग्री अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि उक्त कम्पनीले बाध्य भएर राष्ट्र बैंकबाट लाइसेन्स लिएको थियो भने इसेवा बिटकोइन प्रकरणमा रातारात सिष्टम अपग्रेड गरेर चलाखीपूर्ण तरिकाले कारवाहीबाट उम्किएको थियो । इसेवाको यस्तै रबैयाका कारण नेपाल राष्ट्र बैंकले आउँदो साउन १ गते बाट इसेवामा २५००० भन्दा बढी होल्ड गर्न नपाइने नियम ल्याउँदै छ । यसअघि इसेवामा १ लाख रुपैयाँसम्म होल्ड गर्न पाइने व्यवस्था थियो ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK