×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकीको सुरक्षित गर्ने आज अन्तिम मिति, कहिले हुँदैछ एजिएम ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गण्डकीको सुरक्षित गर्ने आज अन्तिम मिति, कहिले हुँदैछ एजिएम ?

७ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गण्डकी विकास बैंकको १९.३१% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । जेठ २५ मा बैंकको साधारण सभा हुने भएको छ । बैंकले मंगलबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । बैंकले बोनस वितरणमा ४४ करोड ५० लाख ९२ हजार २५० रुपैयाँ खर्च गर्नेछ । गण्डकीले २०७४ असार २० गतेसम्म कायम सेयधनीलाई बोनस सेयरमा कर छुट दिने प्रस्ताव पनि पेश गर्नेछ ।
मर्ज भएका कम्पनीका सेयरधनीले निश्चित अवधिसम्म कर छुट पाउने प्रावधान छ । तर मर्ज भइसकेपछि सेयर किनेकाले भने यस्तो छुट पाउने छैनन् । साधारण सभा होटल पोखरा ग्रान्ड, पार्दि विरौटा पोखरामा बिहान ८.३० बजे सुरु हुनेछ ।
आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने तथा उनीहरुको भत्ता एवं सुविधा वृद्धि गर्ने प्रस्ताव पनि छ । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७५० रुपैयाँ छ । बोनसपछि पुँजी २ अर्ब ७५ करोड पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी