Skip to content
LAXMI SUNRISE BANK

गरिमा र गण्डकीबीच रेमिट्यान्स सञ्चालन गर्ने सम्झौता, गण्डकीका सबै शाखाबाट गरिमा रेमिटको सुबिधा पाउने !

अर्थ सरोकार

गरिमा विकास बैंक र गण्डकी विकास बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र गण्डकी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुरले  हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात् हाल देशभर रहेका गण्डकी विकास बैंकका ५९ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायले बताएका छन्  ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK