
- अर्थ सरोकार सम्बाददाता
कठमाडौं – काबेली विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा खुद नाफा १ करोड १६ लाख ८६ हजार कमाएको रिपोर्ट सार्वजनिक भएको छ । यो नाफा गत वर्षको भन्दा ३४.९७ % घटेको छ । गत वर्ष यही अवधिमा १ करोड ७९ लाख ७२ हजार रुपैयाँ रहेको खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आएपछि खुद नाफामा पनि असर परेको हो । खुद ब्याज आम्दानी ४ करोड २६ लाख ८७ रुपैयाँबाट घटेर अहिले ४ करोड १ लाख ४४ हजार रुपैयाँ मात्र रहेको छ । गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ५.९५% ले घटेको हो । सञ्चालन नाफा पनि ३९.०८% ले घटेर १ करोड ७६ लाख २३ हजार रुपैयाँमा आएको छ । यता, ६२ करोड ७७ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड ८३ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा ३.९४% र कस्ट अफ फन्ड ५.६०% छ ।
काबेलीले चुक्ता पुँजी ३६.२७% ले वृद्धि गरेको छ । गत वर्ष ८ करोड ४२ लाख ११ हजार रुपैयाँ रहेको चुक्ता पुँजी अहिले ११ करोड ४७ लाख ६० हजार रुपैयाँ पुगेको हो । जगेडा कोषमा पनि ६ करोड १८ लाख १४ हजार जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्