Skip to content
LAXMI SUNRISE BANK

कामना सेवाको पुनः संस्थापक सेयर लिलामीमा आउंदै, अव कस-कसले भर्न पाइने ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ २० गतेदेखि कामना सेवा विकास बैंकले पुनः संस्थापक समूहको १ लाख ५० हजार ५३६.९३ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले यसअघि पनि संस्थापक सेयर लिलामी खुला गरेको थियो । त्यसबेला नबिकेपछि अहिलले फेरि सर्वसाधारणले पनि भर्न पाउने गरी दोहोर्याएर लिलामीमा ल्याइएको हो । यसमा जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आाधार बिन्दु बनाएर त्यसभन्दा माथि भाउ तोकी बोलकबोल गर्नुपर्नेछ । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, कामना सेवाको ज्ञानेश्वर काठमाडौं, बुटवल, पोखरा र नारायणगढ शाखाबाट पनि प्रस्ताव पेश गर्न सकिनेछ । 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK