
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकको १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन हो । बैंकले वैशाख ३१ गतेदेखि संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९१८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं, कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज कार्यालय सहित अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न पाइनेछ ।
हाल यस बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ छ । सम्पूर्ण लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्