×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापाका मिरन कार्कीले अाफुले भेटेकाे १ लाख १८ हजार डलर फिर्ता गरे…! नेपालीको भयो उच्च प्रसंसा !

PRIME CA
GLOBAL IME BANK

झापाका मिरन कार्कीले अाफुले भेटेकाे १ लाख १८ हजार डलर फिर्ता गरे…! नेपालीको भयो उच्च प्रसंसा !

१० जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

दुबई- दुबईको एक कफी सपमा कार्यरत नेपाली नागरिक मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेपछि नेपालीहरुकै उच्च प्रशंसा भएको छ । दुबईको स्टारबक्स कफीसपमा काम गर्ने झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार डलर सहितको झोला दुबई पुलिसलाई बुझाएपछी उनको उच्च प्रसंशा भएको हो । दुबईको मल अफ इमिरेट्सको भुइँतलामा रहेको कफी सपमा ग्राहकले नगदसहितको झोला भेटेपछि मिरनले तत्कालै सुरक्षाकर्मी र म्यानेजरलाई जानकारी दिएका थिए ।
मिरनले भनेका छन् ‘मैले मल अफ इमिरेट्समा पैसा फेला पारेँ, त्यो धेरै ठूलो रकम थियो, त्यसलाई मैले दुबई पुलिसलाई सु्रक्षित साथ प्रदान गरेँ। उनीहरुले मेरो सह्राहना गरे । दुबई पुलिस र सरकारलाई धन्यवाद ।’दुबईका सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार प्रहरीले उक्त झोला पर्यटक भिसामा आएका ब्यक्तिले छाडेका थिए । दुबई पुलिसले मिरनको इमान्दारिताको सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको छ । उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: