×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्सुरेन्सको ९९ हजार ९४९.११ कित्ता सेयर लिलामी खुला, यस्ता छन् फारम भर्ने ठाउँ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेको इन्सुरेन्सको ९९ हजार ९४९.११ कित्ता सेयर लिलामी खुला, यस्ता छन् फारम भर्ने ठाउँ ?

१९ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख १९ गतेदेखि नेको इन्सुरेन्सले ९९ हजार ९४९.११ कित्ता सेयर लिलामी खुला गरेको छ । कम्पनीले संस्थापक समूहको ४ हजार ६३.८७ कित्ता र सर्वसाधारण समूहको ९५ हजार ८८५.२४ कित्ता सेयर लिलामी गर्न लागेको हो । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नुपर्नेछ । नेप्सेमा यसको आइतबारको अन्तिम कारोबार मूल्य ६१३ रुपैयाँ छ । 
यसमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।  यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नेकोले बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको सहारा लिएको हो । लिलामीमा सेयर बिक्री गरिसकेपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ पुग्नेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी