×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युत कम्पनीले गर्यो प्रगति, खुद नाफा ४ करोड ३४ लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राधी विद्युत कम्पनीले गर्यो प्रगति, खुद नाफा ४ करोड ३४ लाख

९ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासको राधी विद्युत कम्पनीले खुद नाफा  ४ करोड ३४ लाख ६९ हजार २५० रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । विद्युत बिक्रीबाट यो त्रैमासमा १० करोड ८० लाख ६२ हजार ८३२ रुपैयाँ आम्दानी गरेको छ । अन्य आम्दानी ४५ लाख २१ हजार ७९ रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ । 
यस त्रैमाससम्ममा १ करोड १७ लाख ८ हजार १८२ रुपैयाँ प्रशासनीक खर्च भएको देखाइएको छ । हाल राधीको सेयर पुँजी ४१ करोड रुपैयाँ छ । जगेडा कोष तथा सञ्चित नाफा शीर्षकमा १३ करोड ४३ हजार ६३१ रुपैयाँ रहेको छ । 
प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७७ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७२ पैसा छ । राधीले गत पुस ३ देखि ६ गते सम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी