×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सफलताको कथा : ‘विदेशमा काम गर्दा बुबाको अन्तिम संस्कारमा पनि आउन नपाएपछि विरक्तिएर नेपाल फर्किएँ’

PRIME CA
GLOBAL IME BANK

सफलताको कथा : ‘विदेशमा काम गर्दा बुबाको अन्तिम संस्कारमा पनि आउन नपाएपछि विरक्तिएर नेपाल फर्किएँ’

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुबोध रेग्मी / अर्थ सरोकार डटकम
काठमाडौँ- देशमा केहि गर्न सकिएन वा सकिंदैन भन्नेहरुका लागि पढ्ने पर्ने खबर छ । आफ्नै देश नेपालमै बसेर केहि गर्नुपर्छ भन्दै स्यांग्जा वालिङका नसिव खानले विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक रुपमा टुर्स एण्ड ट्राभल्स संचालनमा ल्याएर नेपालीहरुलाई पाठसमेत पढाएका छन् । विदेशभन्दा माथि केहि नदेख्ने र आफ्नो देशमा केहि गर्न सकिंदैन भन्नेहरुलाई दह्रो पाठ पढाएर उनले आफ्नो व्यवसाय पनि निकै राम्रोसँग संचालन गरिरहेका छन् । अहिले उनको व्यापार निकै राम्रो छ । आफ्नै ठाउँमा बसेर एकातर्फ देशको समृद्धिको साक्षी बनिरहेका छन् भने आफ्नै देशमा केहि गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेर उनी अहिले चर्चामा समेत छन् ।  
आफ्नै बुबाको अन्तिम संस्कारमा आउन नपाएपछि सुरु भएको सपना !
त्यसो त उनी पनि विदेश नगएका होइनन् । उनी साउदी रबको एक प्रतिष्ठित कम्पनिमा कम गर्दै १० बर्ष बिताएका थिए । साउदी अरवमा काम गर्दा उनको राम्रो आम्दानी थियो । विदेशमा छँदा आफ्नो बुवाको अन्तिम संस्कारमा समेत आउन नपाएपछि उनको मन सार्है नै पोल्यो ।  त्यपछि उनको एकाएक मन परिवर्तन भयो र नेपालमै केहि गर्नुपर्छ भन्ने सोच पालेर उनी  नेपालमा फर्कने र केहि व्यवसाय गर्ने सोचमा डुब्न थाले  । त्यहि बीचमा सोच आयो ट्राभल कम्पनी खोल्ने । नेपाल एक पर्यटकीय देश घुम्न धेरै ठाउँ छन् तर गन्तव्यसम्म पुर्याउन आफ्नै गाउँ ठाउँमा राम्रो टुर्स एण्ड ट्राभलस् कम्पनी छैन भन्ने उनलाई थाहा थियो । त्यसैले उनले यहि नै व्यवसाय रोजे । स्यांग्जाको विकाशमासमेत टेवा पुग्ने र राम्रो कमाइ पनि हुने हुनाले उनले वालिंङ  बजारमा टुर्स एण्ड ट्राभलस् खोल्ने सोच बनाए ।  र आफुले हुँदा खाँदाको जागिर छाडेर नेपाल फर्किए । सँगै फर्कियो बाबाको निधन हुँदासमेत नेपाल फर्कन नपाएको पीडाले उब्जाएको ठुलो सपना पनि । जो अहिले उनी आफ्नै गाउँमा पूरा गरिरहेका छन् ।  

सबैलाई एउटा सुन्दर पाठ !
स्वदेशमा केही काम पाइँदैन, पाए पनि खासै आम्दानी हुँदैन भन्ने आम मान्यताको अन्त्य गर्नुपर्छ भन्ने सोच बोकेर अहिले उनी काम गरिरहेका छन् ।  ‘अहिले काम राम्रो छ । आफ्नो देशमा केहि गरिरहेको छु ।’ केहि भावुक हुँदै उनी भन्छन्, ‘विदेशमा रहंदा आफ्नो बुबा आमाको अन्तिम संस्कारमा समेत आउन पाइन । अव देशमै केहि गरेर यहि देशमा मेरा अभिभावकले मेरा लागि देखेको समृद्धिको सपना पूरा गर्छु।’ उनका अनुसार विदेशमा बसेर सीप सिकेकाहरुले अव नेपालमा केहि गर्नुपर्ने समय आएको छ । ‘देशमा धेरै कुरा छ । सम्भावनाहरु थुप्रै छन् । बस् आत्मविस्वासको खाँचो हो । ‘विदेशमा काम गर्दा बुबाको अन्तिम संस्कारमा पनि आउन नपाएपछि विरक्तिएर नेपाल फर्किएँ । अव कसैले पनि त्यस्तो भोग्नु नपरोस्’  उनले भने ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: