
चितवन- आन्तरिक राजश्व कार्यालय चितवनले सोचेअनुसार कर असुली नभएको भन्दै मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । सकेसम्म व्यवसायी करको दायरामा नै नआउने र आएकाहरुले पनि निकै कम परिमाणको भ्याट बिल काट्ने पाइएपछी कार्यालयले त्यस्ता व्यापारीहरुलाई एक्सन लिन अनुसन्धान सुरु गरेको हो । कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीका अनुसार कार्यालयले चैत मसान्तसम्ममा मूल्य अभिवृद्धि करतर्फ ८९ करोड ३६ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकामा ८० करोड एक लाख ८५ हजार रुपैयाँ मात्रै संकलन गरेपछी यस्तो निर्णय गरिएको हो ।
उनले विभिन्न व्यापारिक फर्म तथा कम्पनीहरुमा व्यापक अनुगमन गरिने र सो क्रममा क्रममा भ्याट बिल नकाटेको पाइएमा नियमानुसार कारवाही गरिने बताएका छन् । उनका अनुसार कार्यालयले चितवन र नवलपरासी पश्चिम जिल्ला हेर्दै आएको र त्यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजश्व अन्तःशुल्कबाट उठ्ने गरेको छ । उक्त कार्यालयको मातहतमा ८० हजार करदाता छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्