
काठामाडौं : असार १३ गते वेष्टर्न डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ । वेष्टर्न र नमस्ते वित्तीय संस्था एक आपसमा गाभिएपछि कायम भएको ४२ करोड ९३ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजीको १७.४१% बोनस दिन लागिएको हो । सभामा बैंकले १७.४१% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.९२% नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । वेष्टर्नले अन्य कुनै वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परेमा यस सम्बन्धि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ ।
बोनस सेयर वितरणपछि यस बैंकको चुक्ता पुँजी ५० करोड ४० लाख ६८ हजार १६० रुपैयाँ पुग्नेछ । बैंकले संस्थापक र सर्वसाधारण दुवै समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि सभामा पेश गर्नेछ । यसैगरी, अधिकृत पुँजी ५० करोड रुपैयाँबाट बढाएर ७५ हजार रुपैयाँ पुर्याउने प्रस्तावमा पनि छलफल हुनेछ ।
साधारण सभा होटल माला इन, घोराही–१५ दाङमा बिहान ११ बजे सुरु हुनेछ । वेष्टर्नले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १९.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.०५ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्