Skip to content
LAXMI SUNRISE BANK

यहि हो शुशासन ? एसियन लाइफ इन्सुरेन्समा गैरकानुनी पदमा बसेका श्रीमानले राजीनामा दिए, श्रीमती नियुक्त!

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नियम विपरित संचालक पदमा बसेका एसियन लाइफ इन्सुरेन्सका सञ्चालक दिनेश लाल श्रेष्ठको गैरकानुनी रुपमा पदमा बसेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि न्तत: उनले पदबाट राजीनामा दिएका छन् । तर अर्थ सरोकार डटकमले यस विषयमा फलोअप गर्दा उक्त पदमा निजकी श्रीमती शिल्पा प्रधानाङ्ग बाहाली भएकी छिन् । राजतन्त्रमा दरबारको नियुक्तिको झल्को आउने गरी कम्पनीका अध्यक्ष र सीइओको समेत मिलेमतोमा यस्तो काम भएको कम्पनीका केहि उच्च तहकै कर्मचारीहरु बताउँछन् ।
‘यो त लालु प्रसाद यादबले आफ्नी श्रीमती राबडी देवी लाई मुख्यमन्त्रीमा ल्याएको जस्तै भइहाल्यो नि ! दिनेश लाल श्रेष्ठ गैरकानुनी रुपमा पदमा बसेको समाचार तपाईंहरुले छापिदिएपछि सीइओ र कम्पनीका अध्यक्षले समेत के गर्ने भन्ने विषयमा छलफल गरेका थिए । दिनेश लाल श्रेष्ठले पनि कुनै पनि हालतमा आफु नभए आफ्नी श्रीमतीलाई उक्त पदमा बहाल गर्नुपर्ने अडान लिएका थिए । सोहि अनुरुप उनकी श्रीमतीलाई कम्पनीले संचालक पदमा बहाल गरेका थिए ।’ कम्पनीका एक उच्च तहका कर्मचारीले भने, ‘अझै तत्काल यो इस्यू आउँछ भनेर उनकी श्रीमतीको फोटो वेव साइटमा अपलोड पनि गरिएको छैन । बीमा समितिका केहि उच्च तहका कर्मचारीहरुसँग मिलेर एसियन लाइफ इन्सुरेन्समा मनपरी भइरहेको छ । कानुनले श्रीमतीलाई सञ्चालक हुन नपाउने नभनेको भन्दैमा जे पाए त्यहि गर्न मिल्छ र ? कानुनमा नांगै हिड्नु हुन्न भनेर लेहेको छैन भन्दैमा नांगै हिड्न मिल्छ र ?’  
नियामक निकाय नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका २०७४ को इ प्रा निर्देशन नम्बर ६/०७४ अन्तर्गत संस्थागत सुशासन सम्बन्धि व्यवस्था को खण्ड ३ मा स्पष्टसँग एउटा बैंक तथा वित्तीय संस्थामा कार्यकारी अधिकार प्रयोग गर्ने व्यक्ति अर्को कुनै पब्लिक कम्पनी वा इन्सुरेन्स कम्पनीको सञ्चालक हुन नपाउने भनी स्पष्ट लेखिएपनि गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकार प्रयोग गरेका दिनेश लाल श्रेष्ठ एसियन लाइफ इन्सुरेन्सको सञ्चालक पदमा बसेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि अन्तत: उनले राजीनामा दिएका छन् ।
उनको ठाउँमा सिल्पा प्रधानांग इन्सुरेन्सको संचालक समितिमा नियुक्त भएकी छिन् । यसअघि पनि कम्पनीको अध्यक्ष पदमा बिजय सरवागी नियम विपरित बसेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि उनले समेत आफ्नो पदबाट राजीनामा दिएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK