
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्व पार्षदसमेत रहेका कृष्णप्रसाद दाहाल एसिसीएको काउन्सिल सदस्यमा उम्मेदवार बन्ने भएका छन् । विश्वभरका २ लाख बढी सदस्यहरु भएको एसिसीएको आउँदो अक्टोबरमा काउन्सिल निर्वाचन हुँदैछ । कुल ३६ वटा पदका लागि हुन लागेको उक्त निर्वाचनमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने बताउंदै दाहालले विश्वभरका प्रोफेसनल एकाउन्टेन्टहरु आबद्ध प्रतिष्ठित संस्थाको काउन्सिल मेम्बरका रुपमा संस्थालाई अझ बढि समावेशी, ग्लोबल र प्रभावशाली रुपमा अघि बढाउने प्रतिबद्धता गरेका छन् । उनी बिगत १२ बर्षदेखि बेलायतमै काम गरिरहेका छन् ।
‘विकास र बिस्तारको ठूलो सम्भावना बोकेको यो ग्लोबल संस्थाको सदस्यको रुपमा म निकै गौरवान्वित छु । मैले संस्थाका सम्पुर्ण सदस्य एकाउन्टेन्टहरुलाई आव्हान गर्न चाहन्छु कि मलाई काउन्सिल मेम्बरमा निर्वाचित गरेर संस्थामा योगदान गर्ने मौका दिनुहोस्’, दाहालले अपील गरेका छन्, ‘संस्थाको ग्लोबल पहिचान, व्यवसायिक मुल्य, मान्यता, ग्लोबल विज्ञता, प्राविधिक सीप र च्यारिटी स्पिरिटलाई परिस्कृत गर्दै विश्वभर उत्कृष्ट व्यवसायिक शिक्षाको बिस्तार गर्ने अभियानमा म आफ्नो अनुभव र क्षमता लगानी गर्न चाहन्छु ।’
दाहालले विभिन्न ३ वटा मुल एजेण्डासहित आफुलाई सदस्य एकाउन्टेन्टहरुमाझ प्रस्तुत गरेका छन् । एसिसीएलाई विश्वका हरेक क्षेत्र र मुलुकमा रिकगनाइज गराउन पहल गर्ने, एसिसीए शिक्षा र सदस्यताको लागि लाग्ने शुल्क ठाउं र त्यहांको आर्थिक क्षमताअनुसार समायोजन गराउने तथा विकासशिल देशहरुका क्षमतावान विद्यार्थीलाई प्रोत्साहन गर्न संस्थाबाट आवश्यक सहयोग गराउने लगायतका एजेण्डा अघि सारेका छन् ।
यसअघि गतबर्ष नेपालकै एसीसीए सदस्य बिराज प्रधान उक्त काउन्सिलमा उम्मेदवार बनेका थिए । चुनाव जित्नलाई चाहिने एक चौथाई भोट पनि उनले ल्याउन सकेका थिएनन् । अव यसपाली दाहालले कति मत ल्याउँछन्, त्यो भनेर हेर्न बाँकी नै छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्