
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पछिल्लो समय निकै विवादमा परेको इन्सुरेन्स कम्पनी एसियन लाइफ इन्सुरेन्समा बैंक तथा वित्तीय संस्था ऐन विपरित एसियन लाइफ इन्सुरेन्स कम्पनीमा एक सञ्चालक गैरकानुनी रुपमा पदमा बसेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि न्तत: उनले पदबाट राजीनामा दिएका छन् ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका २०७४ को इ प्रा निर्देशन नम्बर ६/०७४ अन्तर्गत संस्थागत सुशासन सम्बन्धि व्यवस्था को खण्ड ३ मा स्पष्टसँग एउटा बैंक तथा वित्तीय संस्थामा कार्यकारी अधिकार प्रयोग गर्ने व्यक्ति अर्को कुनै पब्लिक कम्पनी वा इन्सुरेन्स कम्पनीको सञ्चालक हुन नपाउने भनी स्पष्ट लेखिएपनि गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकार प्रयोग गरेका दिनेश लाल श्रेष्ठ एसियन लाइफ इन्सुरेन्सको सञ्चालक पदमा बसेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि अन्तत: उनले राजीनामा दिएका छन् ।
उनको ठाउँमा सिल्पा प्रधानांग इन्सुरेन्सको संचालक समितिमा नियुक्त भएकी छिन् । यसअघि पनि कम्पनीको अध्यक्ष पदमा बिजय सरवागी नियम विपरित बसेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि उनले समेत आफ्नो पदबाट राजीनामा दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्