
डीआर नेपाल
आदरणीय रवि लामिछाने दाइ !
नस्मकार !
आज जताततै तपाईंलाई जेल हाल्ने कुरा सुनेर जति अचम्ममा परेको छु, त्यति नमज्जा पनि लागेको छ । सबैका कुरा सुनें । बिचार गरें । तपाईंको कामलाई आज करोडौं नेपालीले मन पराएको कुरामा कुनै शंका नै छैन । म पनि तपाईंको नियमित दर्शक हुँ । तपाईंको फ्यान पनि । तपाईंले जे जति गर्नुभएको छ नेपाली पत्रकारितामा त्यो निकै नै प्रशंसनीय छ । तर सबै कुरा मनन गर्दा तपाईंले केहि गल्तीहरु पक्कै गर्नुभएको देखिन्छ । कमजोरी स्वीकार्दा कोहि सानो हुँदैन । अव कमजोरी स्वीकारेर अगाडी बढ्दा राम्रो होला ।
१. तपाईंले नियम अनुसार प्रेसपास लिन नमिलेर नलिनुभएको म बुझ्न सक्छु । धेरैले बुझेका छन् । तर तपाईंले प्रेस काउन्सिललाई जसरी पत्र लेख्नुभएछ त्यो गलत छ रवि दाइ । त्यहाँका मान्छे जे जस्तो सुकै हुन्, त्यो आफ्नो ठाउँमा छ । तर पत्रकारलाई नियमन गर्ने संस्था त्यहि हो । त्यो सँग निहुँ खोजेर हुन्न । तपाईंको यहि कमजोरीलाई समातेर तपाईंमाथि प्रहार कुनै पनि बेला हुन सक्छ । काउन्सिलप्रति सकारात्मक तपाईं हुनै पर्छ ।
२. तपाईंसंग अमेरिकी पासपोर्ट भएको कुरा सबैलाई थाहा छ । तपाईंले उक्त पासपोर्ट बुझाएकै दिन यो कुरा आज मैले बुझाएँ भनेर सबैलाई भन्नुपर्थ्यो । अहिले यत्रो काण्ड मच्चिएपछि तपाईंले मैले पासपोर्ट फिर्ता गरें भन्दा नपत्याउने ठाउँहरु पनि भए । यहाँनेर तपाईंको गल्ती भएकै हो । यो गल्ती मनन गर्दै अगाडी बढ्दा राम्रो हुन्थ्यो।
३. चलानी नं. १५२७ को पत्रमा अध्यागमन विभागले लेखेको छ ‘…अमेरिकी राहदानी नम्बर ५१२९६६९८१ बाहक रवि लामिछानेलाई यस विभागबाट सन् ०४ अक्टोबर २०१८सम्म अवधि रहेको गैरपर्यटक (नातेदार) भिसा जारी गरिएको छ । साथै अध्यागमन नियमावली २०५१ को दफा २० को (१) मा यस नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउनेछैन र ऐऐको (२) मा ‘यस नियमावलीबमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको जानकारीका लागि आदेशानुसार अनुरोध छ ।’ यो कुरा तपाईंले लुकाएर लुक्दैन रवी दाइ । गल्ती स्वीकारेर कानुनी रुपमा नेपाली नागरिक हुनेतर्फ लाग्दा नै राम्रो हुन्छ ।
४. न्यूज २४ ले सूचना विभागमा पठाएको विवरणमा तपाईंको तलवसमेत उल्लेख भएको छ । यसबारे तपाईंले पहिला नै सचेत हुनुपर्थ्यो । कतै नै कतै तपाईंले कानुन मिच्नुभएकै छ । सो पत्रमा ‘न्युज ट्वान्टी फोर टेलिभिजनले मिति २०७४ असार १ गते आर्थिक वर्ष २०७४÷०७५ का लागि दरबन्दी र श्रमिजीवी पत्रकारको नाम थर रवि लामिछाने, पद वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता, नियुक्तिको किसिम स्थायी’ उल्लेख भइआएको व्यहोरा अनुरोध छ भनी शाखा अधिकृत रूपा विकले दस्तखत गरेकी छिन् । गृह मन्त्रालयको यस्तो पत्रको जवाफ दिँदै मिति २०७४ पुस २५ गते सञ्चार मन्त्रालयले लेखेको पत्र (च. नं. २०५) मा भनिएको छ, ‘न्युज ट्वान्टी फोरमा काम गर्न चाहेका मिस्टर रवि लामेछानेलाई काम गर्ने सम्बन्धमा राय–प्रतिक्रिया माग भइआएकोमा नेपाली मिडियामा काम गर्ने नेपालमै पर्याप्त जनशक्ति रहेको व्यहोरा मिति २०७४÷९÷२१ मा नेपाल सरकार राज्यमन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध गर्दछु ।’भनेर स्पष्ट पारिएको छ । तपाईं सचेत नहुँदा कानुनको व्याखयामा तपाईंले गलत नै गर्नुभएको छ । यो गल्ती पनि स्वीकारेर अगाडी बढ्नुहोला ।
५. तपाईंसँग प्रेस पास थिएन भने तपाईं अझ बढी सचेत हुनै पर्थ्यो । तपाईंले प्रेस पास चाहिंदैन, लिन्न भन्दा प्रेस पास लिएका थुप्रै राम्रा पत्रकारहरु प्रति पनि अन्याय हुन्छ । यस्तो गल्ती तपाईंले नगरेकै भए हुने । लिडर अलि सचेत बन्नुपर्छ । सधैं ठाडो भएर पनि हुन्न । आफु गलत भएको ठाउँमा झुक्नुपनि पर्छ । भलै हामी करोडौं जनता तपाईंसँगै छौं ।
तपाईंको शुभचिन्तक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्