×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्रीमा ‘मनपरी’-३ : ‘अप्रूभल’बिना चिनेकै भरमा लाखौँ पेश्की बाँडियो, लेखाको सामान्य सिद्धान्त पनि टेरेनन् निरौलाले

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – बैंक तथा वित्तीय संस्थामा एउटा अनुसाशन हुन्छ । पदको ‘हाइयार्की’ हुन्छ र र पदअनुसारको ‘अथोरिटी’ पनि । सोहि अनुसार सबैले काम गर्नुपर्ने हुन्छ । कुनै सानो काम गर्दा पनि सम्बन्धित साखाका प्रमुख वा त्यसको ‘अथोरिटी’ पाएकाबाट ‘अप्रुभल’ लिनुपर्छ । तर यसअघि पनि थुप्रै काण्डमा मुछीएको मञ्जुश्री फाइनान्समा भने मनपरी देखिएको छ । संस्थामा जसलाई मन लाग्यो त्यसको र जसले मन लाग्यो त्यसले औपचारिकता नै पूरा नगरी पेश्की दिने गरेको भेटिएको छ । अर्थ सरोकारले प्राप्त गरेको गोप्य रिपोर्टमा कम्पनीको सोहि खोट देखाइएको छ । 
२०१६-०७-२७ मा कम्पनीले २०५००० रुपैयाँ पेश्की लोकेन्द्र सिंह नाम गरेका कर्मचारीलाई दिइएको छ । तर उक्त पेश्की दिँदा अख्तियारी प्राप्त गरेको व्यक्तिको स्वीकृति अर्थात ‘अप्रुभल’ नै लिइएको छैन । अझ उक्त रकम केका लागि लिइएको भन्ने समेत कतै उल्लेख गरिएको छैन । यता फाइनान्स स्रोतले बताए अनुसार संस्थाका सीइओ सन्तोष निरौलाले ‘मिलाएर गर न’ भन्ने आदेश दिएकै भरमा व्यक्तिगत प्रयोजनका लागि उक्त रकम नीज कर्मचारीलाई दिइएको थियो । यो त प्रतिनिधि घटनामात्र हो, सीइओ निरौलाको रबैया यतिसम्म बढेको छ कि उनले जनताको पैसा आफ्नै लकरको पैसाझैं मनपरी गरिरहेका छन् । यतिसम्म कि सन्तोष निरौलाले कर्जा नै नतिरी आफ्नो मान्छे भएकै कारणले कर्जा सेटलमेन्ट बिनै धीतो फुकुवा समेत गरेका छन् । यस सम्बन्धि विशेष तथ्य हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं ।
सिए भएर लेखाको सामान्य सिद्धान्त पनि जानेनन् निरौलाले !
घटना २०१७-०४-२० को हो । कम्पनीले आन्तरिक प्रयोजनका लागि ७३४५० रुपैयाँ सर्भर जडान खर्च भनी खर्च गरेको छ । सामान्य रुपमा लेखाको नियम जानेकालाई पनि थाहा हुनुपर्ने हो कि यो खर्च पूँजीगत खर्च हो । ‘एकाउन्टिङ स्ट्याण्डर्ड’ अनुसार पनि ‘लंग टर्म’ का लागि कुनै पनि सम्पत्ति किनिएको छ भने त्यसमा लाग्ने सबै खाले खर्च पूँजीगत खर्च हुन्छ । जस्तै कम्प्युटर किन्दा, फर्निचर किन्दा आदी आदी । तर चार्टड एकाउन्टेन्ट रहेका सन्तोष निरौलाको आदेशमा उक्त रकम मर्मत खर्च भनी ‘बुक’ गरिएको छ । फाइनान्स स्रोतले दिएको जानकारी अनुसार उक्त रकम के मा बुक गर्ने भन्ने बिषयमा ‘कन्फ्युजन’ भएपनि सीएसमेत रहेका सन्तोष निरौलालाई सोधिएको थियो र उनले उक्त खर्च नियमअनुसार नै मर्मत खर्च हुने बताएका थिए । यस विषयमा अडिट रिपोर्टमासमेत कैफियत देखाइएको छ । 
यो पनि पढ्नुहोस् :




Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: