Skip to content
LAXMI SUNRISE BANK

नक्कली दाबी र कर्मचारीको लफडा व्यवस्थापन गर्न नसकेपछि युनाइटेड इन्सुरेन्सका सीइओले दिए राजीनामा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कहिले कर्मचारीको लफडा त कहिले नक्कली दावी प्रकरण । अधिकांस समय चरम विवादमा परिरहने चौधरी ग्रुपको मुख्य लगानी रहेको युनाइटेड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले पदबाट राजिनामा दिएका छन् । सञ्चालक समितिको प्रेसर धान्नै नसक्ने गरी आउन थालेपछि उनले बुधबार सञ्चालक समितिसमक्ष राजिनामा दिएका हुन् ।
बरालकै दादागिरी बढी भएको भन्दै पछिल्लो समय सयौंको संख्यामा कर्मचारीहरुले कम्पनीको जागिर छोडेका थिए । चौधरी ग्रुपकै अर्को एक कमपनीलाई नक्कली दाबी भुक्तानी दिएको प्रकरणले पनि कम्पनी निकै विवादमा परेको थियो । नियामक बिमासमितिसँग पनि पटक पटक निहुँ खोजीरहने उनलाई बिमासमितिले टेर्न छोडेपछि उनी आत्तिएका थिए । एकैपटक कर्मचारीको असहयोग हुनु, बीमा समितिले पेल्नु, नक्कली दावी भुक्तानी प्रकरण बाहिरिनु, अनि सोहि बेला संचालक समितिले दिएको प्रेसरले सीमा नाघ्नु, सबै एकैपटक भएपछी उनी अन्तत: राजीनामा दिने मनस्थितिमा पुगेको बताइन्छ । 
सुर्या लाइफ इन्स्योरेन्सको महाप्रबन्धकका रुपमा बिमा क्षेत्रमा भित्रिएका बराल बराल २०७२ बैशाख १७ गते ४ वर्षे कार्यकालका युनाइटेडको सीइओ नियुक्त भएका थिए । यसअघि लुम्बीनी जनरल इन्स्योरेन्सका कार्यकारी प्रमुख रहेका बरालले सन् १९९० बाट तत्कालिन ग्रिन्डलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बाट करियर सुरु गरेका थिए । सन् २००२ सम्म त्यहाँ रहेका उनी त्रिवेणी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए भने त्यसपछि तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंक (अहिलेको महालक्ष्मी बैंक) को नायव महाप्रबन्धक भएर गएका थिए । उनीसँग २ दशक भन्दा बढीको इन्सुरेन्स क्षेत्रको अनुभव छ ।
यो पनि पढ्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK