
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सिटिजन्स बैंकबाट ग्राहकले लकरमा राखेको र ऋणको धीतोमा राखेको सुन गोल्ड चेकरले साट्ने गरेको खुलासा भएको केहि समयपछाडी सिटिजन्स बैंकमा सोहि प्रकृतिको अर्को घटनासमेत भएको खुलासा भएको छ । यसअघि बैंकको कुपन्डोल ब्रान्चबाट ग्राहकको सुन साटीने गरेको खुलासा भएपछी बैंकले त्यहाँका गोल्ड चेकरलाई निलम्बन गरी क्षतिपूर्ति भराएको थियो । अहिले नजिकै रहेको अर्को साखा कुमारीपाटिमा सोहि प्रकृतिको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएसंगै बैंकमा कार्यरत गोल्ड चेकरलाई निलम्बन गर्ने तयारी बैंकले गरेको छ भने यस विषयमा थप अनुसन्धान पनि थालेको छ । केहि समय अगाडी कुपन्डोल ब्रान्चमा यस्तो घटना घट्दा पनि बैंकले आन्तरिक अनुसन्धान गरी दोषी भेटिएका कर्मचारीलाई निलम्बन गरेको थियो ।
यस्तो छ घटनाको विवरण :
‘अडिट’का क्रममा बैंकको कुमारीपाटीस्थित ब्रान्चमा रहेको सुन गोल्डचेकरले घर लैजाने गरेको र साटेर ल्याउने गरेको खुलासा भएको हो । गोल्ड चेकरले करिव ४ करोड रुपैयाँ ‘लोन अमाउन्ट’ बराबरको सुन घर लैजाने गरेको रहस्य खुलेको हो । केहि समय अगाडी कुपन्डोल ब्रान्चमा सुन हराएको पुष्टी हुँदा पनि त्यहाँका गोल्ड चेकरले कुमारीपाटी ब्रान्चका कर्मचारीले आफुलाई बैंकले भने अनुरुप कागजमा सहि गर्न दवाव दिएको समेत खुलासा गरेका थिए । यो कुरा बाहिर आएपछि कुमारीपाटीमा पनि गोल्डचेकरले बदमासी गर्ने गरेको शंका गरिएको थियो । त्यतिबेला नै कुपन्डोल ब्रान्चको काण्डमा कुमारीपाटि ब्रान्चबीच केहि न केहि गढबढ छ भन्नेसमेत शंका गरिएको थियो । नभन्दै सोहि शंका राखेर अडिट गर्दा यस्तो खुलासा भएको बैंक स्रोतले दावी गरेको छ । ब्रान्चमा अडिटका क्रममा सुन गोल्डचेकरले घर लैजाने गरेको पाइएपछी बैंकभित्र यसबारेमा अन्तरिक अनुसन्धान भइरहेको बैंक स्रोतले बताएको छ ।
के भन्छन् कुमारीपाटिका ब्रान्च मेनेजर र बैंकका प्रतिनिधि ?
यस विषयमा बुझ्न हामीले बैंकको कुमारीपाटी ब्रान्चका ब्रान्च मेनेजर मधुसुधन चौलागाईंलाई सम्पर्क गरेका थियौं । ‘कुमारीपाटि ब्रान्चबाट पनि सुन हराएको भन्ने कुरा के हो ?’ भन्ने प्रश्नमा उनले केहि आत्तिएको श्वरमा भने, ‘यो कुरा गलत हो । बाँकि कुरा हाम्रो प्रवक्ता म्याम हुनुहुन्छ, उमङ्ग शर्मा, उहाँलाई सम्पर्क गर्नुहोला ।’ उनले हामीसँग केहि थप कुरा नै गर्न चाहेनन् । त्यसपछी हामीले यस विषयमा बुझ्न बैंककि प्रवक्ता उमङ्ग शर्मालाई सम्पर्क गर्यौं । उनले आफु तत्काल कुरा गर्न नसक्ने भन्दै बैंकका पूर्व प्रवक्ता रहेका बोदराज देवकोटासँग सम्पर्क गर्न आग्रह गरिन् । त्यसपछी हामीले बोदराज देवकोटालाई सम्पर्क गर्यौं । सुरुमा उनी पनि प्रवक्ता उमङ्ग शर्मा भएकाले उनैसँग कुरा गर्न आग्रह गरे । तर हामीले उमङ्ग मेडमले नै तपाईंसँग कुरा गर्नु भन्नुभएको छ भन्ने जानकारी दिएपछी उनले यस विषयमा भने, ‘प्याकुरेलजी पनि कसरी कसरी कहाँ-कहाँ बाट के के थाहा पाउनुहुन्छ । मलाइचाहिं यस विषयमा कुनै जानकारी छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्